+
+

पाँच गजबको तरिका, जिन्दगीलाई कसरी सहज बनाउने ?

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ५ गते १६:१८

हाम्रो जीवन धपेडीमा वित्छ । बिहान उठ्नसाथ हामीलाई कुनै न कुनै कामले छोप्छ । दिनभर दौडधूप गर्छौं । भेटघाट, कामकुरो, कामधन्दा आदिको यसरी चक्कर लगाउँछौं कि, हाम्रो शरीर कुनै यन्त्र हो । अर्थात हाम्रो दैनिकी यन्त्रवत् हुन्छ ।

आरमले खाने, मस्त सुत्ने, आनन्दपूर्वक पढ्ने, धीत मरुञ्जेल रमाइलो गर्ने फुर्सद मिलाउनै सकिदैन । हामीलाई काम–व्यवहारले सधै अत्याइरहन्छ । जतिसुकै दौडधूप गरेपनि, जतिसुकै कामधन्दामा लागेपनि त्यसबाट सन्तुष्ट प्राप्त गर्न भने सकिदैन ।

अक्सर हामी अत्तालिएका हुन्छौं, हतारमा हुन्छौं, तनावमा हुन्छौं । तर, त्यसबाट हामीले के पाउँछौं ?

हामी यति धेरै अस्तव्यस्त हुन्छौं कि फुर्सदले सास फेर्न पनि पाउँदैनौं । जबकि यी सबै तारतम्या मिलाउनुको एउटै उदेश्य हुन्छ आरमको जिन्दगी भोग गर्न पाइयोस् । जिन्दगी सहज होस् । तर, भौतिक स्रोत र साधनले मात्र जिन्दगीलाई सहज बनाउँदैन । यसका लागि हामीले जिउने शैली नै बदल्नुपर्छ ।

जिन्दगीलाई कसरी सहज र सरल बनाउने त ?

यसको आधारभूत सूत्र हो, धेरै महत्वकांक्षी नबन्ने, धेरै खर्च नगर्ने, अनावश्यक तडकभडक नगर्ने, खराब बानीहरु त्याग्ने ।

बिस्तारै आफुलाई बदलौं

कुनैपनि कुराको नतिजा तुरुन्तै प्राप्त हुँदैन । हामी सानो उमेरदेखि जुन कुरामा अभ्यस्त हुँदै आयौं, त्यसलाई बदल्न पनि समय लाग्छ । धैर्यता चाहिन्छ । त्यसैले आफ्नो जिन्दगी वा जीवनशैली बदल्नका लागि पनि समय लाग्छ र यो क्रमस बद्लिनु पर्छ ।

यसको सुरुवात आफ्नो डायरी लेखनबाट गरौं । डायरी बनाएर त्यसमा लेखौं कि, के के कुरा बदल्नुछ । के कुरा त्याग्नु छ । के कुरा आर्जन गर्नुछ । सोही अनुसार प्राथमिकतामा राखेर आफुलाई परिवर्तन गरौं ।

अनावश्यक कुराबाट छुटकारा

हामी त्यस्ता अनावश्यक काममा अल्झिरहेका हुन्छौं, जो जीवनमा खास जरुरी हुँदैन । अनावश्यक लुगाफाटो, किनमेल, गफ, चियो चर्चा, चासो । यस्ता अनावश्यक कुरालाई आफ्नो जिन्दगीबाट कटौती गरौं ।

चाहे घरका भौतिक चिजबिज होस् वा आनीबानी, जुन कुरा काम लाग्दैन त्यसलाई हटाऔं ।

कुनै कुरालाई अधिकतम प्रयोग गरौं

हामीसँग भएका कुराहरुलाई अधिकतम उपयोग गरौं । कुनैपनि कुरा त्यतीकै नछाडौं । अन्तिम अवस्थासम्म त्यसको सदुपयोग गरौं । जस्तो लुगाफाटो नै फाटेमा, च्यातिएमा त्यसलाई सिलाएर लगाउन सकन्छ । भाँडावर्तन टुटफुट भएमा त्यसलाई गमला वा अन्य बस्तुको रुपमा प्रयोग गर्न सकिन्छ । यसरी कुनैपनि कुरालाई अन्तिम अवस्थासम्म सदुपयोग गरौं ।

किनमेलमा सोचविचार गरौं

हामीलाई जे देख्यो किन्न मन लाग्छ । हामीले जीवनमा यस्ता थुपै कुरा खरिद गर्छौं, जसले खास फाइदा गर्दैन । वा हाम्रो जीवनमा त्यस्ता कुरा खासै प्रयोगमा आउँदैनन् । यसरी अनावश्यक कुराहरु खरिद नगरौं । जुन कुरा आवश्यक र महत्वपूर्ण छ त्यसलाई मात्र खरिद गरौं । जति धेरै व्यायभार घट्छ, उत्तिनै जीवन सहज हुन्छ ।

व्यवस्थित रहौं

हामी प्राय धपेडीमा हुन्छौं । हाम्रो दैनिकी नै अस्तव्यस्त हुन्छ । खासमा हामी आफ्नो जिन्दगीका लागि पनि कुशल व्यवस्थापक हुन जरुरी छ । हामीले आफ्नो लुगाफाटो, सरसामनदेखि समयसम्मको उचित व्यवस्थापन गर्नुपर्छ ।

आफुलाई जरुरी कुराहरु सुरक्षित राख्ने, जरुरी कामहरु समयमै सम्पन्न गर्ने जस्ता कामले हामीलाई व्यवस्थित बनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?