+
+

इन्टरको विजयी सुरुआत

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ६ गते ८:०६

६ भदौ, काठमाडौं । इटालियन सिरी ए को साविक विजेता इन्टर मिलानले नयाँ सिजनमा सुखद सुरुआत गरेको छ । लिग अन्तर्गत शनिबार राति भएको पहिलो खेलमा इन्टलर जेनोअलाई ४-० ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा यन्टरले दुवै हाफमा समान दुई गोल गरेको थियो ।

खेलको छेटौं मिनेटमै मिलान स्क्रिनिएरले हाकन चाल्हनोग्लुको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । १४औं मिनेटमा हाकनले एडेन जेकोको पासमा गोल गर्दै अग्रता दोब्बर पारे ।

७४औं मिनेटमा अर्टुरो भिदालले निकोलो बरेयाको पासमा गोल गरे । यस्तै जेकोले ८७औं मिनेटमा भिदालको पासमा गोल गरेपछि इन्टरले ४-० को सहज जित हात पारेको हो ।

सिरी ए कै अन्य खेलमा लाजियोले एम्पोलीलाई ३-१ ले, एनलान्टाले टोरिनोलाई २-१ ले र ससुलोले भेरोनालाई ३-२ ले पराजित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?