+
+

बोरुसिया डर्टमण्ड फ्रेइवर्गसँग पराजित

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ६ गते ८:१८

६ भदौ, काठमाडौं । जर्मन बुण्डेसलिगामा बोरुसिया डर्टमण्ड फ्रेइवर्गसँग २-१ ले पराजित भएको छ । डर्टमण्ड सिजनको दोस्रो खेलमै पराजित भएको हो ।

फ्रेइवर्गले घरेलु मैदानमा जित हात पार्दा भिनसेन्जो ग्रिफोले छैटौं र रोलान्ड सालाईले ५३औं मिनेटमा गोल गरे ।

फ्रेइवर्गक यानिक केइटलले ५९औं नेटमा आत्मघाती गोल डर्टमण्डलाई उपहार दिएका थिए ।

लिगमा फ्रेइवर्गको यो पहिलो जित हो । यसअघि पहिलो खेलमा फ्रेइवर्गले बराबरी खेलेको थियो । ४ अंकसहित फ्रेइवर्ग तेस्रो स्थानमा उक्लेको छ भने तीन अंक रहेको डर्टमण्ड छैटौं स्थानमा झरेको छ ।

यस्तै लगातार दोस्रो जित हात पारेको वल्फ्सवर्ग ६ अंकसहित शीर्ष स्थानमा छ । वफ्स्वर्गल हेर्थ बर्लिनलाई २-१ ले पराजित गरेको हो ।

अर्को खेलमा बायर लेभरकुजनले बोरुसिया मोचेनग्लाडबाकलाई ४-० ले पराजित गरेको छ । लेभरकुजन ४ अंकसहित दोस्रो स्थानमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?