+
+

देशभरका अस्पतालका लागि २० हजार स्वास्थ्यकर्मी थप्नुपर्छ : राज्यमन्त्री श्रेष्ठ

रासस रासस
२०७८ भदौ ६ गते १८:२६
फाइल तस्वीर

६ भदौ, चितवन । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले देशभरिका अस्पतालहरूका लागि २० हजार चिकित्सक तथा स्वास्थ्यकर्मी थप्नुपर्ने बताएका छन् । गरीब जनताले सहज उपचार पाउनका लागि जनशक्ति थप गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

भरतपुर अस्पतालमा आइतबार आयोजित स्वागत कार्यक्रममा बोल्दै राज्यमन्त्री श्रेष्ठले चिकित्सक, नर्स र पारामेडिकलको दरबन्दी थप्नुपर्ने आवश्यकता देखिएको बताए ।

सरकारी अस्पतालहरुलाई साधन, स्रोत र जनशक्ति अभाव हुन दिन नहुनेमा उनले जोड दिए । भरतपुर अस्पतालले सम्पूर्ण सेवा दिन नसकेका कारण भरतपुरका गल्ली–गल्लीमा अस्पताल खुलेको भन्दै राज्यमन्त्री श्रेष्ठले अस्पताललाई के उपकरणको समस्या हो त्यसबारेमा जानकारी दिन आग्रह गरे । ‘समस्या के हो जानकारी दिनुस्, पाँच/दश करोड बजेटको समस्या हुँदैन,’ उनले भने ।

उनले आगामी असोजभित्र ३३ प्रतिशत जनसंख्यालाई र चैत महिनाभित्र शतप्रतिशत जनसंख्यालाई कोरोना विरुद्धको खोप लगाइने जानकारी दिए । राज्यमन्त्री श्रेष्ठले नेपालमा सबै जनसंख्यालाई करीब पाँच करोड ५० लाख खोप आवश्यक रहेकोमा पाँच करोड २५ लाख खोपको सम्झौता भइसकेको जानकारी दिए ।

‘हाम्रो भण्डारण क्षमता २५ लाख खोप मात्र हो । त्यसैले खोप लगाउँदै फेरि ल्याउँदै गर्नु परेको छ,’ उनले भने । सरकारको ध्यान कोरोना संक्रमण परास्त गर्नमा केन्द्रित रहेको बताउँदै उनले केही दिनमा पीसीआर र एन्टिजेन परीक्षणलाई पूर्ण रुपमा निःशुल्क गर्ने योजना रहेको बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?