+
+

भाजपा विदेश विभाग प्रमुख काठमाडौंमा, प्रधानमन्त्रीसँग भेट

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ६ गते २०:५०

६ भदौ, काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवाले काठमाडौं आएका छन् । उनले आइतबार नै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा चौथाइवालेले प्रधानमन्त्रीमा नियुक्त भएकोमा देउवालाई बधाई दिएका थिए । देउवासँग भाजपा र नेपाली कांग्रेसको सम्बन्ध विस्तारबारे समेत छलफल भएको चौथाइवालेले ट्वीटमार्फत जानकारी दिएका छन् ।

आइतबारै उनले कांग्रेस नेता एवं पूर्व परराष्ट्रमन्त्री प्रकाशशरण महतसँग पनि भेटघाट गरेका छन् । केही दिन काठमाडौंमा रहँदा उनले अन्य राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment