+
+

नेपाल र भारतका सुरक्षाकर्मीले एकअर्कालाई लगाइदिए राखी

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ७ गते १३:२०

७ भदौ, जनकपुरधाम । आइतबार जनैपूर्णिमाको दिन नेपाल र भारतका सुरक्षाकर्मीले आपसमा राखी बाँधेर मनाए ।

नेपालका महिला सुरक्षाकर्मीले भारतीय पुरुष सुरक्षाकर्मीलाई र भारतीय अधिकारकर्मी महिलाले नेपालका पुरुष सुरक्षाकर्मीलाई राखी बाँधे ।

भारतको जयनगरस्थित महिला विकास मञ्चले गरेको कार्यक्रममा महिला सुरक्षाकर्मीले पुरुष सुरक्षाकर्मीलाई मिठाई खुवाउँदै हातमा राखी बाँधिदिएका थिए । त्यस्तै मिथिला परम्परा अनुसार पाग लगाएर र दोसल्ला ओढाएर सम्मानसमेत गरिएको थियो ।

राखी कार्यक्रम पश्चात दुबै देशका सुरक्षाकर्मीले वृक्षारोपण गरेका थिए । सशस्त्र प्रहरीका सिरहा डीएसपी निलकमल आचार्यले नेपालतर्फबाट १८ जना र भारतको तर्फबाट १७ जना सहभागी भएर सिरहा नगरपालिका १७ माडरस्थित दशगजा क्षेत्रमा कार्यक्रम गरिएको बताए ।

‘हाम्रो सशस्त्र प्रहरीबाट महिला पनि सहभागी भएको र एसएसबीमा महिला नभएका कारण त्यहाँको आयोजक संस्थाका महिलाले नै नेपाली सुरक्षाकर्मीलाई राखी बाँधिदिएका हुन्’ उनले भने ।

राखीको अघिल्लो राति एसएसबीबाटै संयुक्त रुपमा राखी कार्यक्रम मनाउने प्रस्ताव आएको र आफूहरु पनि तयार भएको उनले बताए । ‘भारतीय क्षेत्रमा र हाम्रो तराई क्षेत्रमा पनि भव्यतापूर्वक राखी पर्व मनाइने गरिन्छ’ आचार्यले भने, ‘यसबाट राम्रो सन्देश जान्छ भनेरै हामी पनि तयार भयौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?