
७ भदौ, काठमाडौं । महालेखा परीक्षकको कार्यालयले आधा काम पूरा नहुदै धरहराको उद्घाटन भएको भन्दै समयमा काम सकिनेमा आशंका गरेको छ । गत शुक्रवार सार्वजनिक भएको प्रतिवेदनमा धरहराको आधा पनि काम नभएको उल्लेख छ ।
‘काम सम्पन्न हुनुपर्ने २४ मध्ये २१ महिनामा ५५ प्रतिशत खर्च भयो’ प्रतिवेदनमा भनिएको छ, ‘निर्माण भएको कामको भौतिक प्रगति ४५ प्रतिशतमात्रै हो ।’ सरकारले आर्थिक वर्ष २०७२-७३ देखि ‘मेरो धरहरा मै बनाउँछु’ अभियान सञ्चालन गरेर कोष खडा गरेको थियो । कोषमा २०७७ असार मसान्तसम्म जम्मा ८ करोड ३४ लाख रुपैंया संकलन भएको थियो ।
महालेखाले धरहरा पुनर्निर्माणको कामलाई समयमै सम्पन्न गरी धरहरा पुनर्निर्माण कोषको रकम सदुपयोग हुनुपर्छ भनेको छ । पुरातत्व विभागबाट स्वीकृत डिजाइन अनुसार २२ तलाको धरहरा र अन्य संयचनाको निर्माण गर्न ५ अर्ब ४६ करोड ४३ लाखको लागत अनुमान तयार भएको थियो । ३ अर्ब ८ करोड ११ लाख रुपैंयामा २४ महिनामा काम सकिने गरी २०७५ साल असोज १४ गते सम्झौता भएको थियो ।
धरहरा निर्माणका क्रममा २०७६-७७ को अन्त्यसम्ममा एक अर्ब ६८ करोड ९९ लाख खर्च भएको छ । ‘धरहराको उदघाटन भइसके तापनि सञ्चालनमा आएको छैन’ प्रतिवेदनमा भनिएको छ, ‘तोकिएको समयमा सम्झौता अनुसारको निर्माण सम्पन्न हुने अवस्था देखिदैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4