+
+

कैलालीमा थरुहट थारुवान संयुक्त मोर्चाको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ७ गते १९:१८

७ भदौ, धनगढी । कैलालीमा थरुहट-थारुवान संयुक्त मोर्चाले प्रदर्शन गरेको छ । थरुहट-थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनका क्रममा २०७२ सालमा आजकै दिन भएको टीकापुर घटनालाई थरुहट-थारुवान विद्रोह दिवसका रुपमा मनाउँदै मोर्चाले प्रदर्शन गरेको हो ।

संयुक्त मोर्चाले जिल्लाको लम्कीचुहा नगरपालिकामा पर्ने बलिया चोकदेखि भल्का चोकसम्म विरोध र्‍यालीसहित प्रदर्शन गरेको हो । सो क्रममा उनीहरुले रेशम चौधरीसहित टीकापुर घटनाका सबै बन्दी नि:शर्त रिहाइ गरिनुपर्ने, राज्यका हरेक निकायमा थारु समुदायको प्रतिनिधित्व हुनुपर्ने, आन्दोलनका क्रममा उठाइएका मागहरु पूरा गर्नूपर्ने, गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिनुपर्ने भन्दै नाराबाजी समेत गरेका छन् ।

कैलालीको टीकापुरमा ६ वर्ष अघि भएको थरुहट आन्दोलनले हिंसात्मक रुप लिदा नेपाल प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहितका ७ सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएको थियो ।

सो घटनामा दोषी ठहर गर्दै जिल्ला अदालत कैलालीले सांसद रेशम चौधरीसहितका ११ जनालाई जन्मकैदलको फैसला सुनाएको थियो। चौधरी अहिले पनि जेलजीवन बिताइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?