+
+

एएफसी र केल्मीबीच सम्झौता, एसियन कपमा केल्मीको बल प्रयोग हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ८ गते १५:२६

८ भदौ, काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी) र खेल पोशाक कम्पनी केल्मीबीच २०२१ देखि २०२४ सम्मको लागि सम्झौता भएको छ । केल्मी एएफसीको राष्ट्रिय टिम सहभागी प्रतियोगिताको आधिकारिक ग्लोबल सपोर्टरको रुपमा आबद्ध भएको एएफसीले जनाएको छ ।

सम्झौता अनुसार केल्मीले सन् २०२२ देखि २०२४ सम्मको एएफसीको राष्ट्रिय टिम सहभागी प्रतियोगितामा खेल पोशाक र खेल सामग्री उपलब्ध गराउनेछ । यस्तै सन् २०२३ मा चीनमा हुने एसियन कपमा केल्मीको बल प्रयोग हुनेछ ।

केल्मीका अध्यक्ष के योङसियाङले एएफसीसँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गर्दै एसियाको फुटबल विकास र प्रवद्र्धनमा सहकार्य गर्ने बताए । विश्व चर्चित केल्मी ब्राण्डको इतिहास करीब ६ दशकको छ । स्पेनिस शीर्ष डिभिजन र दोस्रो डिभिजनका क्लबहरुले समेत केल्मी ब्राण्डको सामान प्रयोग गर्दै आएका छन् ।

केल्मी नेपाली फुटबल टोली जर्सी प्रायोजक समेत थियो । अहिले भने नेपाली भलिबल टोलीको जर्सी प्रायोजक रहेको छ । यस्तै विभिन्न क्लबहरुसँग समेत केल्मी जोडिएको छ ।

जापानमा भएको टोकियो ओलम्पिक र मंगलबारदेखि शुरु हुने पारालम्पिकमा पनि केल्मी नेपाली टोलीको खेल पोशाक प्रायोजकको रुपमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?