+
+

राष्ट्रवाद र उग्र-राष्ट्रवादको सीमारेखा

लक्ष्मण सिटौला लक्ष्मण सिटौला
२०७८ भदौ ९ गते ८:५३

चाहे अमेरिका होस् वा युरोप
विदेशमा गएर शरणार्थी बन्नु नपरोस्
म नेपाली हुँ तर गैरनेपाली भन्नु नपरोस्
मेरो पसिना मेरै देशमा खसोस्
मेरो आँसु मेरै धरतीमा परोस्
बरु मर्नै किन नपरोस्
मेरो जिन्दगी बन्धकीमा नपरोस्
पराश्रित भएर बाँच्न नपरोस्

के हो राष्ट्रवाद ?

राष्ट्रियता एक भावना हो । राष्ट्रवाद एक राष्ट्रको लागि माया हो । राष्ट्रवाद आफ्नो देशको भौगोलिक, सांस्कृतिक र समाजमा बस्ने मानिसहरूबीच माया र एकताको भावना हो । यो यस्तो भावना हो कि संसारभरि हरेक देशका मानिसहरूमा एक भावनाको रूपमा रहन्छ । राष्ट्रवाद राष्ट्रप्रतिको निष्ठा, प्रेम, समर्पण, बलिदान, यसको प्रगति र यसप्रति सबै नियम र आदर्शहरूको पालन गर्नु हो । राष्ट्रवाद विचारमा मात्र सीमित हुनुहुँदैन । यो पनि राष्ट्रको लागि माया र सम्मान गर्ने हरेक व्यक्तिको कर्ममा प्रतिबिम्बित हुनुपर्छ । राष्ट्रवाद स्वार्थी र महत्वाकांक्षी अवधारणा हो जबकि देशभक्ति विशुद्ध भावनात्मक र मानवतावादी चेतना हो । ‘राष्ट्रवाद’ को अर्थ राष्ट्रवाद र ‘देशभक्ति’ को अर्थ देशभक्ति/देशभक्ति दुई फरक कुरा हुन् । राष्ट्रवाद आजका हरेक नेपाली नेताले भाषण गर्दा बोले जस्तो हल्का विषय होइन, यो त गम्भीर विषय हो । राष्ट्रवाद र देशभक्ति बुझाइ र अर्थमा फरक होला तर यसको मूल मर्म चाहिं एकै हो ।

राष्ट्रवादको अर्थ राष्ट्रियता जस्तै हुन्छ, राष्ट्रियता राजनीतिक चेतनाको एक प्रतीक हो जो, यो मातृभूमि (जन्मभूमि) सँग जोडिएको अनौठो तीव्रता, आत्मीयता र सम्मानको भावनाले ओतप्रोत हुन्छ । राष्ट्रले मानिसहरूको एक समूहलाई बुझाउँछ- जसको एक जाति, एक इतिहास, एक संस्कृति, एक भाषा र एक निश्चित इतिहास हुन्छ । राष्ट्रवाद विश्वास हो जसद्वारा प्रत्येक शताब्दीदेखि बसोबास गर्ने भूमिमा राष्ट्रलाई स्वतन्त्र रूपमा शासन गर्ने अधिकार छ । राष्ट्रियता मनोवैज्ञानिक र सांस्कृतिक अवयवहरूको एकताको लागि दिइएको नाम हो जुन सुसङ्गत सिद्धान्तहरूको गठन हो, यसले एक राष्ट्रलाई एकताबद्ध गर्दछ । सरल भाषामा भन्नुपर्दा- राष्ट्रवाद मातृभूमि वा देशभक्तिको लागि प्रेमको पर्यायवाची मानिन्छ । यो देशको लागि मर्ने भावनाको नाम हो । अझै गहिरिएर भन्नुपर्दा राष्ट्रवाद एक राष्ट्र, एक क्षेत्रमा बसोबास गर्ने मानिसहरूको समूह हो, जो विभिन्न जातिहरूसँग सम्बन्धित भए तापनि साझा इतिहासको अविरल धारामा प्राप्त विचार र भावनाहरूको नदी हो । साझा विचार र भावनाहरू बाहेक, उनीहरूसँग साझा इच्छा पनि छ र तदनुसार उनीहरू आफ्नै राष्ट्र बनाउँछन् वा त्यो इच्छाको अभिव्यक्तिको लागि आफ्नै राष्ट्रलाई सम्पोषित गर्ने सपना, उद्देश्य र उत्कट अभिलाषा हो।

नेपाली राष्ट्रवादका आवश्यक तत्त्व

१. रगत र माटोको सम्बन्ध

मानिसहरू सजिलैसँग आफ्नै देशमा जन्मिएका, हुर्केका आफ्ना सहजाति, रगत र माटोसँग सम्बन्धको साइनोमा बाँधिएका हुन्छन् । चन्द्रमालाई छोयौं भन्ने देशहरूले खोइ त मानिसका दिल छोएका ? आज तिनकै सन्तानहरू पब र डिस्कोथेकमा हल्लिंदै र बरालिंदै छन् । पश्चिमा संसार विकासको चरम बिन्दुमा पुग्यो भन्छौं हामी, तर त्यहाँको कन्तबिजोग कमैले देखेका छन् । सबैभन्दा ठूलो कुरो मान्छेभित्र प्रेमको विकास हुनुपर्छ । प्रेम मर्‍यो भने तिम्रो प्रगतिको के अर्थ ? पश्चिमाहरू यौनका भोका छन् । देखिन्न त्यहाँ माया र ममता । मानिसहरू मानिस होइन ढुङ्गा जस्ता छन् ।

जतिबेला अमेरिकी र युरोपियनहरू पातमा भात खान्थे त्यतिबेला त हामीहरू पित्तले चरेसका थालमा घ्यु हालेको भुजा खान्थ्यौं । कोलम्बसले अमेरिका पत्ता लगाउनु भन्दा पहिले हामीहरू संस्कृति र सम्पन्नताले भरिपूर्ण भैसकेका थियौं । हामी पूर्वीय सभ्यताको प्रथम किरण हौं । सानो छौं तर आँखाको नानी पनि त सानै छ नि । जमीन मात्रै धेरै, भूगोल मात्रै ठूलो हुने देशले प्रगति गर्ने हो भने अफ्रिकासँग कति धेरै जमीन छ ? त्यहाँ किन भोकमरीले कहिल्यै नछोडेको त ? रगत नेपालको लिएर जता गए पनि बोलीमा नेपाल बोल्न थाल्छ । म मेरो देशको धाक लगाउँछु विदेशीहरूलाई। मेरो देशको बयान गरेर म थाक्दिनँ कहिल्यै पनि ।

म बुद्धको देशको भन्छु । म सगरमाथाको देशको भन्छु । म हिमालयको देशको भन्छु । भलै म गरीब नै हुँला केही छैन । तर म पाएसम्म आफ्नो देशको माटोको बारेमा बोलेर थाक्तिनँ । म बोलिरहन्छु मेरो देशको बारेमा । मेरो देशको समुच्च विकास र समृद्धिका लागि म अघि नसरे को अघि सर्छ ? म भनेकै मेरो देशको माटो हो । देश छ र त म छु । यही हो मेरो राष्ट्रवाद। देशको माया र देशभक्ति ।

२. आफ्नो धर्म

हरेक देशको आ-आफ्नो जातीय धर्म हुन्छ । हामी नेपालीको जातीय धर्म हिन्दू हो तर नेपालको नयाँ संविधान निर्माणका बेला नेपालीको जातीय धर्मलाई अमान्य बनाइयो र फलस्वरूप धर्मनिरपेक्ष मुलुकको रूपमा संविधानमा व्याख्या गरियो । नेताहरूले हिन्दू राज्य नेपाल नभन्ने निर्णय गरे र यसरी हामीले हाम्रो जातीय धर्मको पहिचान गुमाउनुपर्‍यो । गणतन्त्र र संघीयता ल्याएपछि सबै नेतालाई पदको भागबन्डा पुगेको छ अहिले । भागबन्डामा देश चलेको छ । पार्टीहरू भागबन्डामा चलेका छन् । नेपाली नेताहरूको असली राष्ट्रवाद भागबन्डा र मिलिभगत हो ।

पहिलो र दोस्रो विश्वयुद्ध उग्रवादी राष्ट्रवादको कारणले भएको थियो । आज, विभिन्न देशहरूसँग परमाणु हतियार छ । यस्तो स्थितिमा उग्र राष्ट्रवाद मानवताको लागि अझ खतरनाक सावित हुन्छ । हाम्रा नेताहरूको राष्ट्रवाद उग्र राष्ट्रवाद हो । जो नारामा मात्रै सीमित छ

आफ्नो धर्म र पहिचानले जनतालाई एकताबद्ध गर्नमा पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । आज संसारमा मुस्लिम राष्ट्रहरूको बीच एकता कायम छ । उनीहरू आफूलाई मुस्लिम राष्ट्र भन्न पाउँदा गर्वानुभूति गर्छन् । यहूदीहरू पनि आफ्नो धर्मको शक्तिद्वारा एकजुट छन् । आज विश्वमा क्रिश्चियन धर्म फैलँदो अवस्थामा छ । हाम्रो देशमा समेत क्रिश्चियन धर्म फैलँदो छ । र, यसको व्यापार उर्लनुमा नेपालका नेताहरू जिम्मेवार छन् । जता गरीबी छ, त्यता क्रिश्चियनहरू पुग्छन् र गरीबलाई भविष्य देखाउँछन् । अलिकति पैसामा एउटा सानो पदमा हामी नेपालीहरू बिक्छौं । हाम्रो राष्ट्रवाद विदेशीहरूको मुट्ठीमा कैद छ । फेरि नेताले राष्ट्रवादको गीता सुनाउन भने छोडेका छैनन् ।

कम्युनिष्टहरू धर्ममा विश्वास राख्दैनन् । उनीहरूको खास जात र धर्म पनि हुँदैन । यसैको परिणामस्वरूप नेपालमा हिन्दू धर्मको अधोगति भएको हो । अबको केही वर्षमा हिन्दू धर्म मान्नेहरूको संख्या नगन्य मात्रामा घटेर जानेछ । बुद्ध धर्म फैलँदो छ । हिन्दू धर्मलाई केही नेपाली नेताहरूले सिध्याउन लागेका छन् । राप्रपाबाहेक अरु कुनै पनि पार्टीले हिन्दू धर्मलाई मान्दैन । धर्म नमान्न पनि पाइन्छ । धार्मिक स्वतन्त्रता भनेको त्यो पनि हो । तैंले यो धर्म र त्यो धर्म मान्नुपर्छ भन्ने कुरा राष्ट्रले भन्न पाउँदैन न संविधानले नै भन्न पाउँछ । अहिले आएर राष्ट्र भन्दा व्यक्तिका स्वतन्त्रतालाई सर्वोपरि मानियो । व्यक्तिको सनक र अहंमा देश कैद हुने दिन आइरहेको छ । यो अवस्थामा फेरि पनि नेपालका नेताहरू राष्ट्रवादका गफ दिन छोडदैनन् ।

३. नेपाली भाषा

नेपाली भाषा नेपालीबीच सञ्चारको माध्यम हो । एक राष्ट्रका मानिसहरू आफ्नो साहित्य, विचार र अभिव्यक्ति आफ्नो मातृभाषामा अभिव्यक्त गर्छन्, देशभक्तिको गीत आफ्नो भाषामा आफ्नो विचार र संस्कृतिद्वारा व्यक्त गर्दछन् । एक भाषाले हरेक व्यक्तिका शब्द भावनाहरूलाई छुन र आफ्ना विचारहरूलाई प्रेरित गर्दछ र भ्रातृत्वको सम्बन्ध दर्शाउँछ । संसारका अधिकांश राष्ट्रहरू भाषाको आधारमा बनेका छन् । प्रत्येक राष्ट्रलाई आफ्नो भाषामा गर्व लाग्छ । फ्रान्स र इङ्ग्ल्याण्डको भाषा उनीहरूको राष्ट्रिय एकताको सबैभन्दा राम्रो उदाहरण हो । भारतमा हिन्दी भाषालाई राष्ट्र भाषाका रूपमा मान्यता दिइएको छ । हामी नेपालीहरूको आफ्नो भाषा नेपाली भाषा नै हो। नेपाली भाषा साझा र सम्पर्क भाषाका रूपमा विकास भैरहेको छ । राष्ट्रभरि बोलिने अन्य जातीय भाषा विविध भए पनि नेपाली भाषा साझा र एक मानक भाषा हो ।

४. इतिहास र संस्कृति

एउटै मनोवैज्ञानिक सोच शैली एकसाथ सोच्ने, सँगै अभिनय गर्ने, राष्ट्रलाई एकसाथ सुखदुःखमा साथ दिने र एकसाथ समृद्धिको बाटो हिंड्ने विचार पनि राष्ट्रवाद हो । खुशीलाई साझा गर्ने तथ्यबाट पनि त्यो देशको राष्ट्रवाद प्रभावित हुन्छ । राष्ट्रका लागि बलिदान दिनेहरूका लागि स्मारक निर्माण गर्नमा गर्व गर्दै हामी आफ्नो इतिहासको रक्षाका लागि लडिरहेका पनि छौं तर राष्ट्रवादलाई विकृत सम्झिने महान् नेताहरू इतिहास र संस्कृतिलाई ध्वस्त पार्न तल्लीन भए द्वन्द्वकालमा । फलस्वरूप मन्दिर भत्काउने जनआस्थाले पुजेको ढुङ्गालाई लात्ताले हान्ने, मूर्ति भत्काउने, सालिक तोडफोड गर्ने काम भयो त्यतिबेला । भाषणका बेला नेपाली नेताले बोल्ने राष्ट्रवाद असली राष्ट्रवाद होइन । यस्तो नारा दिएर जनता झुक्याउने परम्परा नेपालमा सधैं रहिरहने भयो ।

५. साझा राजनीतिक आकांक्षा

जब एक राष्ट्रका मानिसहरू विदेशी नियन्त्रणमा रहन्छन् उनीहरू सबै एकजुट हुन्छन् । यसको विरूद्ध लड्छन् र त्यसबाट स्वतन्त्रता चाहन्छन् र एक स्वतन्त्र राष्ट्र स्थापना गर्दछन् । आफ्नो बेलामा नेपोलियनले धेरै राष्ट्रहरूलाई वशमा पारे । यसले यी राष्ट्रहरूमा तीव्र लोकप्रिय विद्रोहलाई जन्म दियो । जर्मनी, अस्ट्रिया, हङ्गेरी, इटाली, पोल्याण्ड, रसिया र स्पेनमा राजनीतिज्ञ, कवि र अन्य वक्ताहरूले राष्ट्रवादको आह्वान गरे । उन्नाइसौं शताब्दीमा युरोपको क्रान्तिको कारण राष्ट्रिय एकता र स्वतन्त्रता कायम भयो । बीसौं शताब्दीको दुई विश्व युद्धहरू स्पष्ट राष्ट्रिय आकांक्षा अनुसार यूरोपको नक्शा कोर्ने कोशिश गरियो । दोस्रो विश्वयुद्ध पछि, उपनिवेशहरूमा स्वतन्त्रता आन्दोलन तीव्र भयो र नयाँ राष्ट्रहरू एकपछि अर्को जन्मिए । हाम्रो देश नेपाल इतिहासमा कहिल्यै पनि कसैको गुलामी बनेन । सार्वभौम राष्ट्रका रूपमा आदिमकालदेखि नै स्थापित भयो । हाम्रो इतिहास वीर गाथाले भरिएको छ । तर अहिले गणतन्त्र आएपछिको देशको स्वार्थमा विदेशी स्वार्थको हरक आइरहेको छ यो किन भयो त भन्दा हामीले अक्षम र खराब नियत भएका नेतालाई चुनाव जिताएर सत्तामा पठायौं । र, हामी माथि नै धावा बोल्न लगायौं । यो परिवेशमा समेत नेपाली नेताहरूले राष्ट्रवादको नारा भने घन्काउन छोडेनन् ।

६. भौगोलिक निकटता

भौगोलिक निकटता एक राष्ट्र भन्नको लागि आवश्यक छ । यदि एक राष्ट्र एक अर्काबाट टाढा र टुक्रामा विभाजित छ भने त्यहाँ जनएकताको विश्वासमा कमि आउनेछ । नेपालमा धर्मनिरपेक्षता र संघीयता लादेपछि नेताले खोक्रो राष्ट्रवादको नारा जति घन्काए पनि त्यो अस्वाभाविक बनिरहेको जस्तो लाग्छ । देशलाई त जोड्ने हो टुक्राटुक्रा पार्ने होइन । पृथ्वीनारायण शाहले जोडेको राष्ट्र नेपाललाई हामीले फेरि छिन्नभिन्न बनायौं । अहिले नेपाललाई बहुराष्ट्रको रूपमा मान्यता दिनुपर्छ भन्दै केही नेता कुर्लिन्छन् बेलाबेलामा । हो, यो भावनाले राष्ट्रिय एकीकरणको प्रक्रिया बाधा हुन्छ ।

१९७१ मा पाकिस्तानको विघटनको एक कारण थियो । दुई भागहरू एक अर्काबाट धेरै टाढा थिए र यसको कारण बंगाली राष्ट्रवादको जागरणको कारण, पूर्वी पाकिस्तान-बङ्गलादेशको गठन भयो । पाकिस्तान र बङ्गलादेश अलग-अलग भए । धेरै यस्ता उदाहरण यूरोपमा पनि दिन सकिन्छ ।

७. राष्ट्रवादको अर्थ र अनिवार्यता

नेपालमा राष्ट्रवाद आज एक प्रमुख विषय बनेको छ । सबैले राष्ट्रवादको आफ्नै परिभाषा बनाइरहेका छन्, आखिर राष्ट्रवाद के हो ? नेपालमा विभिन्न धर्म, जाति, संस्कृतिहरू छन्, तर अहिले देशमा के प्रचार भइरहेको छ भने त्यो राष्ट्रवाद होइन । राष्ट्रवाद मानवतावाद भन्दा फरक छैन । व्यक्ति जति धेरै राष्ट्रवादी हुन्छ, उति धेरै मानवतावादी र मानवप्रेमी बन्छन् । हाम्रा नेताहरू जनताको अगाडि राष्ट्रवादको झुटो नारा र तस्वीर ल्याउँछन् र आफैं विदेशीसँग जीहजुरी गरी सत्ता हत्याउँछन् । नेपाली नेताहरूका लागि राष्ट्रवाद जनतालाई गुलियो चटाउने र आ-आफ्नो सत्ता स्वार्थ पूर्ति गर्ने खेल बनेको छ । र, उनीहरूले जनताको विश्वासको दुरुपयोग गरिरहेका छन् । तर अब हामीले जनतासामु साँचो राष्ट्रवाद ल्याउन जरुरी भैसकेको छ । हामीले हाम्रो देशसँगै अन्य देशहरूको जनतालाई सम्मान गर्नुपर्छ । जसले हामीलाई अरुबाट फरक बनाउँछ ।

राष्ट्रवाद त्यो हो जसमा तपाइँ आफ्नो गरीब र कमजोर वर्गका मानिसहरूलाई मद्दत गर्नुहुन्छ र उनीहरूको कमजोरीहरूको फाइदा उठाएर उनीहरूलाई दबाउने कोशिश गर्नुहुन्न । हाम्रो लागि राष्ट्रवाद त्यो हो जसमा तपाईं कडा मिहिनेत गर्नुहुन्छ र सबैभन्दा पिछडिएका वर्गहरूलाई मूलधारमा ल्याउने कोशिश गर्नुहुन्छ । कोही पिछडिएका छन् भने उनीहरूसँग भेदभाव राख्नुहुन्न । हाम्रो लागि राष्ट्रवाद त्यो हो जहाँ हामी समाजमा गरीब, महिला, बच्चाहरू र ज्येष्ठ नागरिकहरूको लागि सही प्रकारको व्यवहार राख्छौं । हाम्रो लागि राष्ट्रवाद भनेको हामीले कानूनको उल्लंघन गर्नुहँदैन भन्ने चेत हो । कानूनी राज्यको निर्माण, विधिको शासन व्यवस्था, स्वतन्त्रताको रक्षा, मानवअधिकारको प्रत्याभूति, जनअधिकारको सुरक्षा जस्ता विषयमा राष्ट्रवाद बिम्बित भएको हुन्छ ।

राष्ट्रवादको भावना यूरोपमा अठारौं र उन्नाइसौं शताब्दीमा उदय भएको थियो यसको लागि, एक निश्चित भूमि, जनसंख्या र सार्वभौमसत्ता हुनु एक आवश्यक शर्त हो । यो राष्ट्रको लागि एक संस्कृति र रीतिरिवाज समाजमा हुनु आवश्यक छ । पृथ्वीको हरेक भाग कुनै न कुनै राष्ट्रको अधीनमा छ । राष्ट्रवादको भावनालाई दुरुपयोग गर्नुहुँदैन । उग्र राष्ट्रवाद विश्व शान्तिको लागि खतरनाक छ । हाम्रा नेताले कहिलेकाहीं उग्र-राष्ट्रवाद वमन गर्छन् र जनताको ध्यानाकर्षण गर्न खोज्छन् । तर उनीहरूको फोस्रो राष्ट्रवादले देशको लागि केही फाइदा पुर्‍याएको देखिंदैन ।

पहिलो र दोस्रो विश्वयुद्ध उग्रवादी राष्ट्रवादको कारणले भएको थियो । आज, विभिन्न देशहरूसँग परमाणु हतियार छ । यस्तो स्थितिमा उग्र राष्ट्रवाद मानवताको लागि अझ खतरनाक सावित हुन्छ । हाम्रो नेताहरूको राष्ट्रवाद उग्र राष्ट्रवाद हो । जो नारामा मात्रै सीमित छ । राष्ट्रियता एक भावना हो । राष्ट्रवाद एक राष्ट्रको लागि माया हो । राष्ट्रवाद आफ्नो देशको भौगोलिक, सांस्कृतिक र समाजमा बस्ने मानिसहरूबीच माया र एकताको भावना हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?