+
+

अस्पतालको गेटमा विचौलिया, कोसी र नोबेलबाट १० जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ९ गते १९:४३

९ भदौ, विराटनगर । उपचारका लागि अस्पताल आएका बिरामीलाई झुक्याएर क्लिनिकमा लैजाने १० जना विचौलियालाई प्रहरीले पक्राउ गरेको छ । कोसी अस्पताल र नोबेल मेडिकल कलेज परिसरबाट १० जनालाई पक्राउ गरेको हो ।

नोबेलबाट सात र कोसी अस्पतालबाट तीन जनालाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले बताए ।

पक्राउ पर्नेमा विराटनगरको नोबेल शिक्षण अस्पतालनजिकको अली फार्मेसीबाट विराटनगर महानगरपालिका–७ का विश्वास मण्डल, युनिक केयर फार्मेसीबाट विराटनगर–१४ का रोशन गुप्ता, कृपा फार्मेसीबाट विराटनगर–४ का सुजित यादव र विराटनगर–५ का समीर खान, क्याटलाइसिस फर्माबाट विराटनगर–५ का फिरोज रोय, एपी फार्मेसीबाट विराटनगर–५ कासरोज खान र दाजुभाइ फार्मेसीबाट विराटनगर–३ का अमित यादव छन् ।

कोसी अस्पताल नजिकको मेनुका औषधि पसलबाट सुनसरीको दुहवी–६ का श्रीराम चौधरी, मोरङको कटहरी–३ का मोहमद जलिछ र एन्जल फार्मेसीबाट सिहराको सिरहा–२ कासूर्यनारायण यादव पनि पक्राउ परेका छन् ।

उपचारका लागि अस्पतालमा आएका विरामीलाई राम्रो सेवा नदिने र डाक्टर पनि राम्रो नभएको भन्दै क्लिनिकमा लैजाने गरेका थिए ।

कमिसन पाउने भएकाले बिचौलियाले आफ्नो सम्पर्कमा भएका क्लिनिकमा लगेर उपचार गराउन लगाउने र फार्मेसीमा महँगो मूल्य तिराएर औषधि किनाउने गरेको देखिएपछि पक्राउ गरिएको डीएसपी श्रेष्ठले बताए ।

पक्राउ परेकाहरुविरुद्ध प्रहरीले अभद्र व्यवहार मुद्दा चलाउन बुधबार म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ । प्रहरीले एक साताअघि न्युरो अस्पतालअगाडिको ज्ञानु फार्मेसीमा काम गर्दै आएका विराटनगर–८ का प्रधुम्न राय र आनन्दकुमार साहलाई पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?