+
+

छानबिन समितिको प्रतिवेदनपछि नेपाल छाड्ने अल्मुताइरीको संकेत

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १० गते १०:१२

१० भदौ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाल छाड्ने संकेत गरेका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष र प्रशिक्षक अलमुताइरीबीचको विवादको विषयमा राष्ट्रिय खेलकुद परिषद (राखेप)को छानबिन समितिले बुधबार प्रतिवेदन बुझाएपछि कुवेती नागरिक अलमुताइरीले अब पद छाड्ने संकेत देखाएका हुन् ।

उनले सामाजिक सञ्जालमा अब म बाहिरिएँ भन्ने स्ट्यास लेखेका छन् । ‘आइएम आउट.. लेट पोलिटिक्स वर्क,’ उनले लेखेका छन् । अर्थात म बाहिरिएँ, राजनीतिले आफ्नो काम गरोस् ।

बुधबार सार्वजनिक भएको प्रतिवेदनमा अलमुताइरीलाई सचेत गराउने, उनले विवादास्पद रुपमा राजीनामा दिने भनेर लेखेको स्ट्याटस हटाउन परिषद्ले निर्देशन दिनेलगायत ११ बुँदे सुझाव दिइएको छ ।

अलमुताइरीले साउन १० गते एन्फा उपाध्यक्ष पंकज विक्रमलाई दोष लगाउँदै सामाजिक सञ्जालबाटै राजीनामा दिने घोषणा गरेका थिए । तर राजीनामा भने दिएनन् ।

छानबिन समितिले प्रतिवेदन दिएको सुझावमा त्यो स्ट्याटससमेत हटाउनुपर्ने उल्लेख छ ।

सामाजिक सञ्जालमा हिट अलमुताइरीले गत चैतमा नेपालको प्रशिक्षक बनेयता नै समर्थकसँग समेत निरन्तर सम्पर्क बढाइरहेका छन् ।

नेपाली राष्ट्रिय टिम साफ च्याम्पियनसिप र भारतसँगको मैत्रीपूर्ण खेलको लागि पोदरामा बन्द प्रशिक्षणमा तयारी गरिरहेको छ ।

तर यस्तो अवस्थामा मुख्य प्रशिक्षक नै विवादमा संलग्न भएकोले नेपाली फुटबल मैदान बाहिर तरंगित छ ।

नेपालले यही भदौ १७ र २० गते दशरथ रंगशालामा भारतसंग मैत्रीपूर्ण खेल खेल्दैछ । यस्तै साफ च्याम्पियनसिप अक्टोकर १ देखि माल्दिभ्समा सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?