+
+

अफगानिस्तानमा खुल्न थाले बैंक, पैसा निकाल्नेको भिड

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १० गते १२:०६

१० भदौ, काठमाडौं । एक साताभन्दा लामो समय बन्द रहेका अफगानिस्तानका बैंकहरु खुल्न थालेका छन् । बैंकहरु खुल्न थालेसँगै बैंकमा पैसा निकाल्नेको भिड देखिएको छ ।

अगष्ट १५ मा अफगानिस्तानका राष्ट्रपति असर्फ घानीले मुलुक छाड्नुभन्दा केही समयअघि मुलुकका सबै वित्तीय संस्था बन्द भएका थिए । सुरुमा तालिबान काबुल प्रवेश गरेसँगै हुन सक्ने युद्धको आशंकामा सबै बैंक बन्द भएका थिए भने अमेरिकाले अफगानिस्तानको केन्द्रीय बैंकको ७ अर्ब डलरमा तालिबानलाई पहुँच नदिने निर्णय गरेसँगै बढेको आशंकाका कारण वित्तीय संस्थाहरु बन्द थिए ।

अफगानिस्तानमा दैनिक कामको लागि नगद रकम आवश्यक पर्ने भएकाले मानिसहरुले आफ्नो बैंकमा रहेको पैसाले काम चलाउन पाएका छैनन् । यसअघि तालिबानले मुलुकमा कब्जा जमाएसँगै अफगानिस्तानका एटीएममा ठूलो संख्यामा मानिसको भिड लागेको थियो ।

मानिसहरु पैसा निकाल्न बैंकमा घण्टौंसम्म लाइनमा बसेका छन् । तालिबानले पनि सरकार बनाउन ढिलाइ गरिरहेको छ । गत साता तालिबानले अर्थ मन्त्रालयले सबै अफगानिस्तानका सबै कर्मचारीलाई तलब भत्ता दिने बताएको थियो । तर, अफगानिस्तानका धेरै मानिसले भने तालिबानले आफ्नो प्रतिबद्धता पूरा गर्नेमा आशंका व्यक्त गरेका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?