+
+

पत्नीलाई एसिड आक्रमण गर्ने युवकलाई साढे १० वर्ष कैद

पीडितलाई साढे ६ लाख क्षतिपूर्ति दिनुपर्ने फैसला

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १० गते १७:३१

१० भदौ, जनकपुरधाम । धनुषामा पत्नीमाथि एसिड आक्रमण गर्ने युवकलाई अदालतले १० वर्ष ६ महिना कैद सजाय सुनाएको छ । यस्तै पीडितलाई ६ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति दिन र त्यति नै जरिवानाको सजाय पनि सुनाएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठाका सञ्जीव साहले आफ्नै पत्नी आरती साहमाथि २०७७ कात्तिक २९ गते दीपावलीको दिन एसिड आक्रमण गरेका थिए ।

यसअघि २५ साउनमा धनुषा जिल्ला अदालतबाट दोषी ठहर भएका साहलाई अदालतले बिहीबार सजाय निर्धारण गरेको हो । अदालतका न्यायाधीश कृष्णमुरारी शिवाकोटीको इजलासले सञ्जीवलाई कैद र जरिवाना तोक्ने आदेश दिएको अदालतका सूचना अधिकारी गंगाकुमार मिश्रले जानकारी दिए ।

साउन २५ गते न्यायाधीश शिवाकोटीकै इजलासले एसिड बेच्ने नागेन्द्र साहलाई भने सफाइ दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?