+
+

लुम्बिनी प्रदेशका ८ स्थानमा सडक अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ११ गते ९:२५

११ भदौ, बुटवल । अविरल वर्षाका कारण पुल भासिँदा, पहिरो जाँदा, बाढी आउँदा र कल्भर्ट बगाउँदा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका कम्तीमा आठ स्थानमा सडक अवरुद्ध भएको छ ।

लुम्बिनी प्रदेश ट्राफिक कार्यालय बुटवलका अनुसार रुपन्देही, नवलपरासी, अर्घाखाँची, बर्दिया, गुल्मी र पाल्पाका विभिन्न स्थानमा सडक अवरुद्ध भएका हुन् ।

ट्राफिक कार्यालयका सूचना अधिकारी डिल्ली नारायण पाण्डेयका अनुसार अर्घाखाँचीको सदरमुकाम जोड्ने गोरुसिंगे-सन्धिखर्क सडक पहिरो खसेका कारण अवरुद्व भएको छ ।

यस्तै नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका- १० लण्डनबृजस्थित पूर्व-पश्चिम राजमार्ग सडक खण्ड र सुनवल नगरपालिका-१२ बडेराको ड्राइभर्सन बगाएपछि बाटो पूर्ण रुपमा अवरुद्ध भएको छ ।

यस्तै रुपन्देहीको देवदह नगरपालिका-९ स्थित घोडाहा खोलामा पुल भासिदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

यस्तै अर्घाखाँचीको शितगंगा नगरपालिका- १२ बसेरीस्थित गोरुसिंगे-सन्धिखर्क सडकखण्ड पनि पहिरोले अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

यस्तै पाल्पाको रम्भा गाउँपालिका-३ सितापहाडमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । यस्तै बर्दियाको बांसगढी नगरपालिका-१ बबइस्थित कोहलपुर-सुर्खेत राजमार्ग सडक खण्ड पनि अवरुद्ध भएको छ ।

गुल्मीको रुरु गाउँपालिका-२ पोखरीबगरमा पहिरो खस्दा रिडी-रुद्रबेनी सडकखण्ड अवरुद्ध भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?