+
+
Shares

ओलीलाई माधव नेपालको सुझाव : महालेखाको प्रतिवेदन पढ्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १३ गते १३:०८

१३ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलेजस्तो काम कसैले गरेको छैन भनेर दाबी गर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई महालेखा परीक्षकको प्रतिवेदन पढ्न आग्रह गरेका छन् ।

एमाले विभाजन गरेर बनाएको नयाँ पार्टीको संसदीय दलको बैठकमा अध्यक्ष नेपालले ओलीको चर्को आलोचना गरे । ओलीले आफूले जे बोल्यो, त्यो ब्रह्मवाक्य हुनुपर्ने सोच्ने गरेको र आफूलेजस्तो काम कसैले गरेको छैन भन्ने दाबी गर्ने गरेको भन्दै उनले भने, ‘महालेखाको प्रतिवेदन पढ्नुस् त ।’

ओली काण्ड लगायतका विषयमा प्रश्न उठ्दा ओलीले कहिल्यै छानविन गर्न गम्भीरता नदेखाएको उनले बताए । ‘यदि उहाँको संलग्नता छैन भने छानविन गर्न किन बाधा गर्नुपर्यो ?’ उनले ओलीलाई प्रश्न गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?