+
+

सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १३ गते १७:००

१२ भदौ, जनकपुरधाम । सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । चन्द्रनगर गाउँपालिका–६ का ५० वर्षीय नागेश्वर मण्डलको आइतबार करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै घरमा ट्युबेल चलाउँदा मोटरको तार सर्ट भएर उनलाई करेन्ट लागेको हो ।

करेन्ट लागेर सिकिस्त भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल मलगंवा पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?