+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
Lumbini Lions won by 6 wickets
Won लुम्बिनी लायन्स 2025
86/4 (8.6)
Shares

तराई र पहाड मिलाएर प्रदेश बनाउनु गलत भयो : उपेन्द्र यादव

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १३ गते १७:५१

१३ भदौ, बुटवल । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफूलाई मधेशको नेता भन्ने महन्थ ठाकुर प्रतिगमनको मतियार बनेको आरोप लगाएका छन् । महन्थ ठाकुर समूह संसद विघटन गर्ने केपी शर्मा ओलीको मतियार बनेको उनको आरोप छ ।

जसपाले आइतबार भैरहवामा गरेको प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै यादवले दुई पटक संसद विघटन गरेर ओलीले एकै व्यक्तिलाई दुईपटक मृत्युदण्डको सजाय दिएको टिप्पणी गरे ।

‘त्रुटिपूर्ण र विभेदकारी संविधान संशोधन गर्नुपर्छ । सात प्रदेशको संरचना बदल्नुपर्छ,’ उनले भने । राज्य पुनर्संरचना सच्याउन आवश्यक रहेको भन्दै उनले तराई र पहाडका जिल्लालाई मिसाएर प्रदेश बनाइएकाले नै समस्या भएको बताए ।

सबै भाषाको सम्मान गर्दै विभेद र असमानताको अन्त्य गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले अगाडि भने, ‘पहाडका साथीहरुले बोल्दा मधेसका साथीहरुलाई भाषण बुझ्न गाह्रो हुन्छ, यो राज्य पुनर्संरचना गलत हुँदा भएको हो ।’

अध्यक्ष यादवले निर्वाचन प्रणाली खर्चिलो भएका कारण किसान मजदूरले निर्वाचन लड्न नसकेकाले समानुपातिक निर्वाचन प्रणाली आवश्यक रहेको धारणा राखे । मधेशी नागरिकलाई विदेशी सरहको नागरिकको रुपमा हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?