+
+

खरीदको सूचना पारदर्शी बनाउन सूचना आयोगको आदेश

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १३ गते १८:१०

१३ भदौ, काठमाडौं । राष्ट्रिय सूचना आयोगले सार्वजनिक निकायहरुलाई खरीदसम्बन्धी काम पारदर्शी बनाउन आदेश दिएको छ । आयोगले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका साथै देशैभरका सार्वजनिक निकायहरुलाई यस्तो आदेश दिएको हो ।

‘सार्वजनिक खरीदसम्बन्धी सम्पूर्ण कार्यहरू (शुरुदेखि अन्त्यसम्म) पारदर्शी बनाउने’ आयोगको आदेशमा भनिएको छ, ‘यसका लागि प्रत्येक सार्वजनिक निकायले आफ्नो वेवसाइटमार्फत र अन्य माध्यमबाट समेत सार्वजनिक गर्दै जाने ।’

आयोगले खरिदसम्बन्धी विवरण एक वर्षसम्म अनिवार्य रुपमा वेवसाइटमा राख्न पनि आदेश दिएको छ । अनि खरीदसम्बन्धी विषय तीन तीन महिनामा प्रकाशित गर्न आदेश दिएको छ । निर्माणस्थलमा अनिवार्य रुपमा आयोजनाको नाम, ठेकेदार, सम्पर्क नम्बर, ठेक्का मूल्य, निर्माण सकिने मिति लगायतका विवरण सहितको सार्वजनिक सूचना राख्न भनेको छ ।

उसले काम भएको वा नभएको भन्नेवारे सार्वजनिक खरीद अनुगमन कार्यालयलाई अनुगमन गर्न पनि निर्देशन दिएको आयोगकी प्रवक्ता कमला ओली थापाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?