+
+

देवकोटाको घरको सामान जोगाउन अन्तरिम आदेश

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १३ गते १८:२७

१३ भदौ, काठमाडौं । सर्वोच्च अदालतले महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरसँग जोडिएका पुरातात्विक महत्वका धरोहर संरक्षण गर्न आदेश दिएको छ । पुरातात्विक महत्वको देवकोटाको घर भत्काउनु गलत भएको भन्दै अधिवक्ता सञ्जय अधिकारीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिइ ।

उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश अनिलकुमार सिन्हा र बमकुमार श्रेष्ठको इजलासले देवकोटाको घरको पुरातात्विक महत्वको सामानको संरक्षणका लागि समन्वय गर्न पुरातत्व विभागलाई पनि आदेश दिएको हो ।

काठमाडौंको मैतीदेवीस्थित महाकवि देवकोटाको घर पुनर्निर्माणका लागि भन्दै नेपाल प्रज्ञा प्रतिष्ठानले हाल पुरानो घर भत्काइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?