१४ भदौ, काठमाडौं । फुटबलर लिओनल मेसीले गएराति फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका लागि डेब्यू गरे ।
फ्रेन्च लिग वानमा मेसीले रेइम्स विरुद्ध ६६ औं मिनेटमा नेमारको स्थानमा मैदान प्रवेश गर्दै पीएसजीका लागि डेब्यू गरेका हुन् । स्पानिस क्लब बार्सिलोनामा दुई दशक भन्दा बढी समय बिताएपछि मेसीले क्याटलान क्लबबाहेकको क्लबको जर्सीमा पहिलो पटक खेले ।
खेलमा किलिएन एमबाप्पेले २ गोल गर्दा पीएसजीले २-०ले खेल जित्यो । खेलपछि खेलाडीहरुबीच जर्सी साट्ने चलन हुन्छ । तर रेइम्सका गोलकिपर प्रेड्राग राजकोभिचकले भने आफ्नो छोरालाई मैदानमा ल्याएर मेसीसंग फोटो खिचाइदिए ।
राजकोभिचले छोरालाई स्ट्याण्डबाट ल्याएर छोरा र मेसीको फोटो खिचाएका हुन् ।
प्रतिक्रिया 4