+
+

अमेरिकाले अफगानिस्तान मामिला कतारबाट हेर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १५ गते १२:५७
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन

१५ भदौ, काठमाडौं । अमेरिकाले अफगानिस्तानबाट आफ्ना सबै सैनिक फिर्ता लगेको छ । यससँगै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अमेरिकाले अफगानिस्तानमा एक नयाँ कूटनीतिक मिसन सुरु गरेको बताएका छन् ।

उनले अमेरिकाको काबुलमा रहेको दूतावास बन्द गरिएको र यसलाई कतारको राजधानी सहर दोहामा स्थानान्तरण गरिएको बताएका छन् ।

अमेरिकी नागरिकलाई सम्बोधन गर्दै ब्लिन्केनले भने, ‘अब अमेरिकी सेनाले अन्तिम उडान पूरा भइसकेको छ र हाम्रा सैनिकले अफगानिस्तान छाडिसकेका छन् । अफगानिस्तानसँग अमेरिकाको सम्बन्धको नयाँ अध्याय सुरु भएको छ । जसमा हामी आफ्नो कूटनीतिबाट अघि बढ्छौं । सैनिक अभियान पूरा भएको छ । एक नयाँ कूटनीतिक मिसन सुरु भएको छ ।’

ब्लिन्केनका अनुसार अफगानिस्तानबाट एक लाख २३ हजार मानिसको सुरक्षित उद्धार गरिएको छ । जसमा ६ हजारभन्दा धेरै अमेरिकी सैनिक थिए ।

‘आजबाट हामीले काबुलमा आफ्नो कूटनीतिक उपस्थिति बन्द गरेका छौं र दूतावासलाई दोहा लगिएको छ । हामी यस विषयमा छिटै नै संसद्लाई पनि जानकारी दिनेछौं । अफगानिस्तानको राजनीतिक र सुरक्षा परिस्थितिलाई नियाल्दै गरिएको यो एक समझदारीपूर्ण कदम थियो’, ब्लिन्केनले भनेका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?