+
+
Shares

अफगानिस्तानको कन्दाहार विमानस्थलमा तालिबानद्वारा रकेट प्रहार, उडान रद्द

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १७ गते १३:०१

१७ साउन, काठमाडौं । दक्षिणी अफगानिस्तानको कन्दाहार विमानस्थलमा चरमपन्थी संगठन तालिबानले कम्तीमा तीन रकेट आक्रमण गरेको छ । तालिबानका प्रवक्ता जाबिउल्लाह मुजाहिदले अफगानिस्तानको सेनाको हवाई आक्रमणलाई निस्तेज पार्ने उद्देश्यका साथ आक्रमण गरिएको बताएका छन् ।

मुजाहिदले भने, ‘कन्दाहार विमानस्थललाई शत्रुले हवाई आक्रमणको केन्द्रको रुपमा प्रयोग गर्दै आएको थियो, त्यसैले यसलाई लक्षित बनाई आक्रमण गरिएको हो ।’

अफगानिस्तान सरकारका अधिकारीहरुले रकेट आक्रमणको कारण विमानस्थलको सबै उडान रद्द गरिएको बताएका छन् । उनीहरुले रकेट आक्रमणको कारण रनवेमा पनि आशिंक क्षति पुगेको बताएका छन् । अधिकारीहरुका अनुसार यो आक्रमणमा कुनै मानवीय क्षति भएको विवरण भने आएको छैन ।

एजेन्सीहरुको सहयोगमा

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?