+
+
Shares

एमालेको स्थायी कमिटी बैठकमा वामदेव गौतम सहभागी

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १७ गते १६:२१

१७ साउन, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक शुरु भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा शुरु भएको स्थायी कमिटी बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका छन् ।

यसअघिका केही बैठकमा गौतम अनुपस्थित थिए । यो बैठकमा केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नविकरण र वितरण लगायत एजेण्डा रहेको कार्यालय सचिव शेरबहादुर तामाङले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?