१८ साउन काठमाडौं । बंगलादेशविरुद्ध हुने टी-२० सिरिजमा अष्ट्रेलियाको कप्तानी विकेटकिपर ब्याट्सम्यान म्याथ्यु वेडले गर्ने भएका छन् । बंगलादेश भ्रमणमा रहँदा वेडले अष्ट्रेलियाको कप्तानी गर्ने अष्ट्रेलिया क्रिकेटले जनाएको हो ।
नियमित कप्तान आरोन फिन्चले घुँडाको चोटको कारण भ्रमण गुमाएपछि वेडले कप्तानी गर्ने अवसर पाएका हुन् । वेस्टइन्डिज भ्रमणका बेला फिन्चलाई चोट लागेको थियो ।
३३ वर्षीय वेडले गत वर्ष टी-२० क्रिकेटमा एलेक्स केरीबाट नम्बर वान ग्लोभ्सम्यानको पोजिसन खोसेका थिए।
अष्ट्रेलियाले बंगलादेशसँग उसैको मैदानमा पाँच खेलको टी-२० सिरिज खेल्नेछ । सिरिजको पहिलो खेल अगस्ट ३ मा ढाकामा हुनेछ ।
सन् २०१७ पछि अष्ट्रेलियाले पहिलो पटक बंगलादेश भ्रमण गरेको हो ।
प्रतिक्रिया 4