
१८ साउन, काठमाडौं । कोरोना भाइरसको महामारीका कारण नवीकरण गर्न नपाएका पर्यटकीय उद्योगले अब आगामी फागुन मसान्तसम्मको सीमा पाएका छन् । बागमती प्रदेश, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले एक पटकका लागि २०७८ साल फागुनसम्म समायावधि तोकेर नविकरण गराउन सक्ने निर्णय गरेको हो ।
यो प्रावधान बागमती प्रदेशभित्र साविकमा पर्यटन विभागका दर्ता भई उपत्यका पर्यटन कार्यालयमा स्थानान्तरण भएका पर्यटकीय कम्पनीले यो अवधिभित्र कम्पनी नविकरण गराउन सक्ने भएका हुन् ।
ट्राभल तथा ट्रेकिङ एजेन्सी, होमस्टे, पर्यटन यातायात सेवा व्यवसाय, जलयात्रा व्यवसाय, पर्यटकस्तरीय होटेल व्यवसाय र विभिन्न किसिमका गाइड (ट्रेकिङ, ट्राभल, रिभर, पोटर)को इजाजत पत्र नविकरण गराउन यो समयको छूट दिइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4