+
+

सिप्रदी र एनएमबि बैंकबीच नेक्सन ईभीका लागि सहुलियतपूर्ण कर्जामा सहकार्य

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १८ गते २२:१३

१८ साउन, काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालि र एनएमबि बैंक लिमिटेडबीच सम्झौता भएको छ । अब टाटा मोटर्सको इलेक्टि्रक भेहिकल नेक्सन ईभी खरिद गर्न चाहने खरिदकर्ताले एनएमबि बैंक लिमिटेडको नेपालभरीका शाखाहरुमार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् ।

उक्त कर्जा सम्झौता अन्तर्गत नेक्सन ईभी खरिद गर्न इच्छुक हुने व्यक्ति तथा संस्थाहरुले शून्य प्रतिशत पि्रमियमसहित बैंकको बेस रेट ब्याजदरमा एनएमबि बैंक लिमिटेडको नेपालभरीका शाखाहरुमार्फत कर्जा प्राप्त गर्न सक्नेछन् । यस अन्तर्गत बैंकले २४ कार्य घण्टाभित्र ८० प्रतिशतसम्म फाइनान्सको सुविधा उपलब्ध गराउनेछ ।

उक्त सम्झौतापत्रमा सिप्रदीकातर्फबाट प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापति र एनएमबि बैंक लिमिटेडका तर्फबाट व्यापार तथा रणनीति प्रमुख अधिकृत सुदेश उपाध्यायले एक कार्यक्रमबीच हस्ताक्षर गरेको थियो ।

टाटाका गाडी खरिद गर्न इच्छुक हुने व्यक्ति तथा संस्थाहरुलाई सहज रुपले नेपाल राष्ट्र बैंकको कार्यविधिभित्र रहेर कर्जा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो । नेपाल राष्ट्र बैंकद्वारा बैंक तथा वित्तिय संस्थाहरुलाई जारी गरिएको निर्देशन परिपत्र तथा बैंकको नीतिअनुसार ग्राहकहरुलाइर् सहुलियतपूर्ण कर्जा उपलब्ध गराइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?