
पूर्वमिस नेपाल श्रृङ्खला खतिवडा अध्ययनका लागि सोमबार बेलुकी अमेरिकी प्रस्थान गरेकी छन् । उनलाई त्रिभुवन विमानस्थलमा उनका प्रेमी सिसन बानियाँ र परिवारका सदस्यले बिदाइ गरे । बिदाइका क्रममा सिसन र श्रृङ्खला केही समय भावुक समेत देखिएका थिए ।
श्रृङ्खला हार्वर्ड विश्वविद्यालयमा शहरी विकास विषयमा स्नातकोत्तर तहको अध्ययन गर्न अमेरिका प्रस्थान गरेकी हुन् । केही समय अगाडि उनले आफू हार्वर्ड विश्वविद्यालयमा अध्ययनका लागि जान लागेको जानकारी दिएकी थिइन् । श्रृङ्खलाले आर्किटेक्चरमा स्नातक गरिसकेकी छन् ।
‘मिस नेपाल’ भएसँगै श्रृङ्खला निरन्तर चर्चामा थिइन् । विशेषगरी उनको सुन्दरता र बौद्धिकताको प्रशंसक विश्वभरका नेपाली छन् ।
श्रृङ्खला न्यूयोर्कमा आयोजना हुन लागेको ‘मिस नेपाल नर्थ अमेरिका’ नामक ब्युटी पेजेन्टमा निर्णायकको रुपमा सहभागी हुने कार्यक्रम समेत रहेको छ ।
प्रतिक्रिया 4