+
+
Shares

खोप केन्द्रबाट संक्रमणको जोखिम बढ्यो, व्यवस्थित बनाऊ : स्वास्थ्य मन्त्रालय

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १९ गते १४:२५

१९ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ विरुद्धको खोप अभियानलाई थप प्रभाकारी बनाउन सातै प्रदेशका स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई निर्देशन दिएको छ ।

खोप केन्द्र व्यवस्थित बन्न नसक्दा संक्रमण फैलन सक्ने जोखिम बढेको भन्दै मन्त्रालयले आवश्यकता अनुसार खोप केन्द्र विस्तार गरी हरेक खोप केन्द्रमा भौतिक दुरी कायम गरी जनस्वास्थ्यको मापदण्ड कडाइका साथ पालना गराउन निर्देशन समेत दिएको छ ।

मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहले विज्ञप्ति जारी गर्दै खोप अभियान सञ्चालन तथा व्यवस्थापनबारे माथिल्लो निकायमा जानकारी गराउनका लागि सबै स्वास्थ्य कार्यालयले सम्पर्क व्यक्ति तोक्न निर्देशन समेत दिएका छन् ।

मन्त्रालयले तोकेका लक्षित समूहलाई मात्रै खोप प्रदान गर्ने व्यवस्था कडाइका साथ लागू गर्न समेत भनिएको छ ।

असार २९ गतेदेखि सञ्चालित भेरोसेलको पहिलो डोज लगाएका लक्षित समूहलाई २१ दिन पूरा भएपछि दोस्रो डोज दिने व्यवस्था मिलाउन आग्रह गरेको छ । कतिपय जिल्लाहरुमा मन्त्रालयले तोकेको लक्षित समूहलाई जोनसन एण्ड जोनसनको खोप लगाउन अभियान सुरु नभएका हुँदा तत्काल खोप अभियान सञ्चालन गर्न विज्ञप्तिमार्फत निर्देशन दिइएको छ ।

कोभिड खोप लगाउने व्यक्तिले मन्त्रालयको अनलाइन रजिष्ट्रेशन प्रणालीमा प्रि-रजिष्ट्रेसन गर्न र यसअघि खोप लगाएका व्यक्तिले पनि पोस्ट रजिष्ट्रेशन गराउने व्यवस्था मिलाउन समेत विभागले भनेको छ ।

हेर्नुहोस् विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?