
२० साउन, गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले फेला पारेको नगदसहित महत्वपूर्ण कागजपत्र सम्बन्धित व्यक्तिलाई बुझाइएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट गस्तीमा खटिएको टोलीले रेसुङ्गा नगरपालिका–२ पुरानो बजारमा १३ हजार ६७० रूपैयाँ सहित अन्य आवश्यक कागजात फेला परेको थियो ।
प्रहरीले फेला पारेको नगद सहितको कागजपत्र सम्बन्धित व्यक्ति धुर्कोट गाउँपालिका–१ नयाँगाउँका सुशील खत्रीलाई कार्यालयमै बोलाएर जिम्मा दिएको प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4