+
+
Shares

गुल्मीमा जीप दुर्घटनामा परी ५ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २० गते १८:३८

२० साउन, गुल्मी । गुल्मीमा भएको जीप दुर्घटनामा परी ५ जना घाइते भएका छन् । बुधबार बेलुकी सत्यवती गाउँपालिका–४ खैरेनीबाट लिंगातर्फ जाँदै गरेको लु २ च १४६८ नम्बरको जीप दुर्घटना हुँदा ५ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

दुर्घटनामा परी घाइते हुनेहरुमा जीप चालक सत्यवती गाउँपालिका–४ का ३६ वर्षीय शेरबहादुर श्रीसमगर, सत्यवती–४ कै ६८ वर्षीया नैनकला पौडेल, सत्यवती–७ का ७४ वर्षीय चन्द्र विक, सत्यवती–५ की ५० वर्षीया दिलकुमारी पुन र सत्यवती–५ कै ६५ वर्षीया भद्रीकला ज्ञवाली रहेको प्रहरी जनाएको छ ।

घाइतेहरुलाई प्रथामिक स्वास्थ्य केन्द्र जोहाङमा उपचारको लागि लगिएको प्रहरीले जनाएको छ । जीप आफैं अनियन्त्रित भएर सडकबाट करीब १५ मिटर तल खसेको जनाइएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?