+
+
Shares

संखुवासभामा प्रहरीले भेट्टायो चोरीका ६ मोटरसाइकल

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २१ गते १०:३३

२१ साउन, संखुवासभा । इलाका प्रहरी कार्यालय, चैनपुरले चोरीका ६ वटा मोटरसाइकल फेला पारेको छ ।

केही महीनायता नगरपालिकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी भएकेा गुनासो आएपछि थालिएको अनुसन्धानका क्रममा ६ मोटरसाइकल फेला पारिएको हो ।

चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाका अनुसार ट्राफिक प्रहरीसमेतको सहयोगमा गरिउको अनुसन्धानकाक्रममा मोटरसाइकल चोरीमा संलग्न चैनपुरका २१ वर्षीय सन्देश शेर्पा पनि पक्राउ परेका छन् ।

‘विशेष चेकजाँचका क्रममा सुमन कार्कीले चलाएको बा ९६ पि ३६०२ नम्बरको मोटरसाइकल रोकर जाँच गर्दा च्याचिस नम्बर र इञ्जिन नम्बर मिलेन,’ उनले भने, ‘त्यसपछि कार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धानका गर्ने क्रममा उक्त मोटरसाइकल शेर्पाले बेचेको पाइएको थियो ।’

उनीबाट अन्य मोटरसाइकलबारे पनि सूचना प्राप्त भएको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?