+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

जरायोको सिङ र सालकको खपटासहित एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २२ गते १३:५४

२२ साउन, काठमाडौं। प्रहरीले संरक्षित वन्यजन्तु जरायोको सिङ र सालकको खपटासहित एकजनालाई पक्राउ गरेको छ ।

नागार्जुन नगरपालिका-३ रातमाटेबाट संरक्षित वन्यजन्तु जरायोको २ वटा सिङ र ३६ पीस सालकको खपटासहित प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नागार्जुन नगरपालिका-३ रातमाटेका ४५ वर्षीया माइली पुतुवार रहेकी छिन् ।

पक्राउ परेका उनलाई आवश्यक कारवाहीका लागि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको कार्यालय पानीमुहान काठमाडौंमा बुझाईएको व्यूरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?