Comments Add Comment

उपेन्द्र यादव भुलभुलैयामा परे : महन्थ ठाकुर

२३ साउन, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता नपाएपछि महन्थ ठाकुर समूहका नेताहरू मधेश झरेका छन् ।

ठाकुरसहित नेताहरू राजेन्द्र महतो, शरदसिंह भण्डारीसहितका नेताहरुले शनिबार जनकपुरधाममा धनुषा जिल्ला स्तरीय कार्यकर्ता भेला गरेका छन् ।

कार्यकर्ता भेलामा नेताहरुले उपेन्द्र यादवले पार्टी एकता भत्काएर मधेशी नेताको भावनामाथि कुठाराघात गरेको आरोप लगाएका छन् ।

नेता महन्थ ठाकुरले उपेन्द्र यादवले पार्टी कमजोर बनाएको बताए । यादव भुलभुलैयामा पारेर पार्टीलाई कमजोर बनाएको उनको भनाइ थियो ।

पार्टी एकता गर्ने समयमा तत्कालिन राजपा र समाजवादीबीच आधा आधा भागबण्डा हुने सम्झौता भएपनि उपेन्द्रले जालझेल गरेको उनले बताए । ठाकुरले केपी शर्मा ओली, बाबुराम भट्टराई, प्रचण्ड र शेरबहादुर देउवा सहितका नेताहरु मधेश मुद्दाप्रति गम्भीर नभएको समेत बताए ।

कार्यक्रममा नेता राजेन्द्र महतोले उपेन्द्र यादवले पार्टी एकता भत्काएर मधेस र मधेसी जनताको भावनामाथि ठूलो कुठाराघात गरेको बताए । एकता भत्काएको भन्दै उनले यादवलाई अपराधीको संज्ञा दिए ।

मधेशी जनताले सधैं एकता चाहेको बताउँदै महतोले भने, ‘तर जनताको भावना र आत्मसम्मानमा चोट पु¥याउने काम गरिएको छ ।’

अर्का नेता शरतसिंह भण्डारीले मधेशी जनताको भावनालाई कदर गरेर पार्टी एकीकरण गरिएपनि त्यसलाई टिक्न नदिनु दुःखद भएको बताए ।

कार्यक्रममा नेताहरु उमाशंकर अरगरिया, परमेश्वर साह, सरिता साहलगायत पनि सहभागी गिए ।

महन्थ ठाकुरसहतिका नेताहरुले शुक्रबार प्रदेश २ को सप्तरी, सिरहा, महोत्तरी र बारामा कार्यकर्ता भेला गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment