२४ साउन, काठमाडौं । ट्रोएसविरुद्ध पुनरागमन जितसहित पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानको नयाँ सिजनमा सुखद सुरुआत गरेको छ ।
शनिबार राति भएको सिजनको पहिलो खेलमा पीएसजीले एक गोलले पछि परेको स्थिति उल्टाएर ट्रोएसलाई २-१ ले पराजित गरेको हो ।
२१ मिनेटभित्रै तीन गोल भएको खेलको नवौं मिनेटमा ओएलिड एल हाजिमले गोल गर्दै ट्रोएसलाई सुरुआती अग्रता दिलाएका थिए । तर उक्त अग्रता धेरै बेर टिकेन। पीएसजीले दुई मिनेट अन्तरमा दुई गोल फर्कायो ।
१९ औं मिनेटमा पीएसजीका अच्रफ हाकिमीले गोल गर्दै खेल बराबरीमा ल्याए । हाकिमी यसै सिजन इन्टरबाट पीएसजी आएका हुन् ।
यस्तै २१औं मिनेटमा माउरो इकार्डीले गोल गर्दै पीएसजीलाई २-१ को अग्रता दिलाए । त्यसपछि भने थप गोल नहा पीएसजी विजयी भयो ।
जितपछि पीएसजीले पहिलो खेलमै ३ अंक जोडेको छ । पीएसजी अंकतालिकामा शीर्ष स्थानमा छ ।
यस्तै लिगकै अन्य खेलमा अर्को खेलमा लियोन र ब्रेस्टले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् । त्यसअघि मोनाकोले पनि नान्ट्ससँग १-१ कै बराबरी खेलेको थियो ।
प्रतिक्रिया 4