+

हालान्डको ह्याट्रिकमा डर्टमण्डको सहज जित

२०७८ साउन  २४ गते ९:२० २०७८ साउन २४ गते ९:२०
हालान्डको ह्याट्रिकमा डर्टमण्डको सहज जित

२४ साउन, काठमाडौं । एर्लिन हालान्डले ह्याट्रिक गरेपछि बुण्डेसलिगा क्लब बोरुसिया डर्टमण्डले जर्मन कप फुटबलको पहिलो चरणको खेलमा विहेनलाई ३-० ले पराजित गरेको छ ।

हालान्ड ह्याट्रिक प्रेरित डर्टमण्डले शनिबार राति तेस्रो डिभिजनको क्लब विहेन विस्बाडेनमाथि सहज जित हात पारेको हो ।

हाल्याण्डले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरे । खेलको २६औं पहिलो गोल गरेका उनले ३१औं मिनेटमा पेनाल्टीबाट दोस्रो गोल गरेका थिए ।

५१औ मिनेटमा तेस्रो गोल गर्दै हालाण्डले ह्याट्रिक पूरा गर्दै डर्टमण्डको जित पक्का गरे ।

यस्तै बुण्डेसलिगाकै अर्क क्लब आरबी लाइपजिगले सान्धाउसेनलाई ४-० ले पराजित गरेको छ । लाइपजिगका लागि विली ओर्बान, अमाडोउ हाइदरा, क्रिस्टोफर एनकुन्कु र डोमिनिक सोबोज्लाईले गोल गरे ।

डर्टमन्ड बुन्डेसलिगा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय