Comments Add Comment

महंगो रकममा अनमोलले साइन गरे ‘एक्स नाइन’

नायक अनमोल केसीले चलचित्र ‘एक्स नाइन’ साइन गरेका छन् । शनिबार काठमाडौंको एक पाँचतारे होटलमा अनमोल र यसको निर्माणपक्षविच औपचारिक रुपमा चलचित्रमा काम गर्ने संझौता भएको छ । चलचित्रको निर्माण कम्पनी गोल्डेन हिल्स पिक्चर्स र अनमोलले ‘नेपालकै पहिलो ठूलो एक्सन चलचित्र’ भनिएको ‘एक्स नाइन’का लागि संझौता गरेका हुन् ।

यो चलचित्रको छायांकन जनवरीदेखि क्यानडा, यूरोप र नेपालमा हुने निर्माणपक्षले बताएको छ । यो चलचित्रलाई मुकुन्द भट्टले निर्देशन गर्दैछन् । चलचित्रमा किङ योगी र मुकुन्दको पटकथा छ । चलचित्रका निर्मातामा राजिव तामाङ, विरेन कुँवर, सोनु खत्री, सुवोध भट्ट रहेका छन् । दिनेश भट्ट चलचित्रका कार्यकारी निर्माता हुन् ।

चलचित्रमा अनुवन्धित भएपछि अनमोलले अनलाइनखबरसँग भने–‘एउटा राम्रो टिमसँग जोडिन पाएकोमा खुशी लागेको छ । दर्शकका लागि हामी एउटा उत्कृष्ट एक्सन चलचित्र लिएर आउनेछौं ।’

यो चलचित्रको लोकेसन हेर्नका लागि अनमोल एक महिनापछि यूरोप जाने तयारीमा छन् । यो चलचित्रको काम सकिएपछि अनमोलले होम प्रोडक्शनको चलचित्र ‘पारस’मा काम गर्ने बताएका छन् । चलचित्रका लागि अनमोलले महंगो पारिश्रमिक लिएको बताइएको छ । तर, निर्माणपक्ष र नायकविचको आन्तरिक संझौता सार्वजनिक गर्न भने दुबै पक्ष तयार देखिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment