
२४ साउन,काठमाडौं । सुनको मूल्य तोलामा एक हजार पाँच सय रुपैयाँले सस्तो भएको छ । शुक्रबार ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार ९० हजार रुपैयाँमा झरेको हो ।
यस्तै तेजावी सुनको मूल्य भने तोलामा एक हजार ४५० रुपैयाँले सस्तो भएको छ । शुक्रबार प्रतितोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको तेजावी सुनको आजको कारोबार मूल्य ८९ हजार ५५० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले सस्तो बनेर प्रतितोला एक हजार दुई सय ४० रुपैयाँमा काराबोर भइरहेको छ । शुक्रबार एक हजार २६५ रुपैयाँ चाँदीको कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4