+
+
Shares

मेरो भूमिका संविधानले नै तोकेको छ : लुम्बिनी प्रदेश प्रमुख शेरचन

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २४ गते १८:२०

२३ साउन, बुटवल । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले आफू संविधानको रक्षक भएको बताएका छन् । आइतबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले आफू कुनै पक्षको नभएको बताउँदै भने, ‘मेरो भूमिका संविधानले नै तोकेको छ, त्यो भन्दा बाहिर मेरो भूमिका छैन ।’

विपक्षी दलका नेताहरु संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठन गर्ने प्रक्रिया शुरु गरिदिन आफूकहाँ आएको तर आफूले नगरेको प्रदेश प्रमुख शेरचनले बताए । आफूले यस विषयमा मुख्यमन्त्रीसँग झन्डै डेढ घन्टा छलफल गरेको उनको भनाइ छ ।

प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता भएपछि संविधान अनुसार नै विशेष अधिवेशन आह्वान गरिएको उनले बताए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?