+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

९ बुँदे माग राखेर पोखरियाका युवाले नगर प्रमुखलाई बुझाए ज्ञापनपत्र

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २४ गते १८:४२

२४ साउन, वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकाका युवाले आर्थिक पारदर्शिता लगायत ९ बुँदे माग राख्दै नगर प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् । पोखरिया युवा समाजका अध्यक्ष भगवान दासको नेतृत्वमा गएका युवाले नगर प्रमुख दिप नारायण रौनियारलाई ज्ञापनपत्र बुझाएका हुन् ।

भ्रष्टाचार बन्द गर, पोखरिया अस्पताल व्यवस्थापन गर लगायत विभिन्न नारा लेखिएको प्लेकार्ड सहित नाराबाजी गर्दै पोखरिया बजार परिक्रमा पछि उनीहरु नगरपालिकामा पुगेका थिए ।

ज्ञापनपत्रमा फर्जी रुपमा गरिएको टेन्डरको कागजात पारदर्शी गर्नुपर्ने, जिल्ला उचाञ्गल रामदेव कलवार उच्च माध्यमिक विद्यालय पोखरियाको खाता तथा प्रह सम्बन्धि समस्या समधान गर्नुपर्ने, हरेक वडामा खराब भएको बटो तुरुन्त मर्मत सम्भार गर्नुपर्ने, पोखरिया नगरपालिकाले दिने सम्पूर्ण आर्थिक तथा प्रशासनिक सेवा कार्यालय भित्रबाट दिने व्यवस्था हुनुपर्ने र आर्थिक वर्ष ०७७-७८ को आय व्यय विवरण सार्वजनिक गर्नुपर्ने उनीहरुले माग गरेका छन् ।

समाजका सदस्य सुजित गिरीका अनुसार ७ करोड रुपैयाँ बरारका योजनामा अनियमितता भएको आशंका युवाले गरेका छन् । ‘गोप्य टेन्डर मार्फत नगरपालिकामा विभिन्न काम भएका छन् । आफ्ना मान्छेलाई काम दिईएको छ ।’ उनले भने ‘त्यसमा अनियमितता भएको आशंका छ, त्यसको हिसाब किताब पारदर्शी हुनुपर्छ भन्ने हाम्रो माग हो ।’

उनीहरुका अनुसार पोखरिया अस्पतालमा औषधि उपचार पाउन समस्या छ, भने विद्यालयको खाता सञ्चान हुन सकेको छैन । कर्मचारी नियुक्ती गर्दा पनि नगर प्रमुखले आफ्नो मानिसलाई राखेको आरोप उनीहरुले लगाएका छन् ।

तर नगर प्रमुख रौनियारले भने प्रक्रिया अनुसार पारदर्शी हिसाबले नगरपालिकाको काम भएको बताएका छन् । ‘ठेक्कामा जाँदा निश्चित प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ, कतिपय कम्पनीले समान दिन सक्दैनन् । पटक पटक टेन्डरको सूचना निकालिएको हुन्छ ।’ उनले भने ‘ काम पनि भएका छन्, कतिपय साथीहरु कसरी दुःख दिन सकिन्छ, वदनाम गर्न सकिन्छ भनेर लागि परेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?