
२५ साउन, काठमाडौं । अन्तःशुल्कमा दर्ता भएका करदाताहरुले आफ्नो इजाजत पत्र अब अनलाइनबाटै नवीकरण गर्न सक्ने भएका छन् ।
आन्तरिक राजस्व विभागका अनुसार विभागको अनलाइन सेवामार्फत करदाता आफैंले विद्युतीय माध्यमबाट अन्तःशुल्क इजाजत नवीकरण गर्न सक्ने भएका हुन् । विभागका अनसार ‘ट्याक्सपेयर पोर्टल’को ‘एक्साइज मेनु’भित्र ‘सेल्फ रिन्यु परमिट’ प्रणालीमार्फत करदाताले इजजात पत्र रिन्यु गर्न सक्ने भएका हुन् ।
सो प्रणालीमा गई स्थानयी लेखा नम्बर, इजाजत नम्बर उल्लेख गरेपछि विभागबाट लाग्ने नविकरण दस्तुर, दाखिला गर्नुपर्ने राजस्व शीर्षकसशितको भौचर तयार हुन्छ । सो भौचार अनुसारको रकम समेत विद्युतीय माध्यमबाटै तिर्न सकिन्छ ।
विभागको प्रणालीबाट तयार भएको भौचरमा रहेको कारोबार संकेत नम्बर लिई सोही दिन बैंकमा गई दस्तुर दाखिला गरेपछि इजाजत पत्र नवीकरण हुने भएको छ ।
यस्तो छ प्रक्रिया
१. आन्तरिक राजस्व विभागको वेबसाइट लगइन गर्ने ।
२. ट्याक्सपेयर पोर्टल लगइन गर्ने ।
३. एक्साइज मेनु भित्र रहेको सेल्फ रिन्यु परमिटमा क्लिक गर्ने ।
४. ई-परमिट रिन्यूमा क्लिक गर्ने र करदाताको प्यान र परमिट नम्बर प्रविष्टि गर्ने ।
५. त्यसपछि रजिष्टर गर्ने, यसपछि तिर्नुपर्ने कर देखाउँछ ।
६. अब बैंक छनोट गर्ने र सवमिट गर्ने ।
यसपछि दाखिला भौचर तयार गर्छ । करदाताले कनेक्ट आईपीएसमार्फत उक्त दस्तुर दाखिला गर्न सक्नेछन् ।
यदि बैंकमा गई नगद दाखिला गर्ने हो भने सो भौचरको कारोबार संकेत नम्बर टिपेर बैंकमा जाने र सो कारोबार संकेत बैंकमा पेश गरि सो बमोजिम दस्तुर तिर्ने, करदाताको ‘केवाईसी अपडेट’ भएको छ भने एसएमएसबाट जानकारी पठाउने व्यवस्था रहेको छ ।
७. यसरी दस्तुर दाखिला गरेपछि पुनः ट्यासपेयर पोर्टलमा लगइन गर्ने ।
८. त्यसपछि जनरलमा लगइन गर्ने ।
९. पि्रन्ट एक्साइज परमिटमा क्लिक गर्ने ।
१०. प्यान र परमिट नम्बर परविष्ट गर्ने ।
११. एक्साइज सर्टिफिकेटको पि्रन्ट आइकनमा क्लिक गरि प्रिन्ट गर्ने ।
कार्यालयमा निवेदन दिन जाँदा बढ्यो त्रुटि
विभागका अनुसार करदाता आफैंले कार्यालयमा निवेदन दिन पुग्ने र त्यस अनुसार इजाजत नवीकरणको फारम भर्ने पद्दतीले त्रुटी बढेको भन्दै अनलाइन नविकरण गर्न जोड दिइएको हो ।
आफैं निवेदन जादा भने करदाताले बैंकमा गई भौचर दाखिला गर्ने र सो भौचर अनुसार इजाजत पत्र नविकरण गर्न कर कार्यालयमा निवेदन दिन जानु पर्ने हुन्छ ।
त्यसक्रममा स्थायी लेखा नम्बर, राजस्व शीर्षक नम्बर, कार्यालय कोड र रकमलगायतमा बढी त्रुटी हुने गरेको छ । जसले दैनिक धेरै भौचर संशोधन गर्नुपर्ने झण्झट समेत अब अनलाइन माध्यमको प्रयोगले कम हुने अपेक्षा विभागको छ ।
करदाताको अनलाइन माध्यमबाट सम्भव नहुने अवस्थामा भने माथिको प्रक्रिया कर कार्यालयका कर्मचारीले अनलाइनबाटै प्रक्रिया पुरा गरिदिने समेत विभागले जनाएको छ ।
प्रतिक्रिया 4