+
+

बालिकालाई करणी गरेको आरोपमा ७२ वर्षीय वृद्ध पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २५ गते १८:१९

२५ साउन, गोरखा । ५ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ७२ वर्षीय वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा अजिरकोट गाउँपालिकाका ७२ वर्षीय लेखनाथ खनाल रहेको प्रहरीले जनाएको छ ।

शनिवार दिउँसो बालिकाको घरमा कोही नभएको मौका छोपेर मादक पदार्थ सेवन गरी बालिकालाई जबरजस्ती करणी गरेको खानलमाथि आरोप छ ।

‘आफूमाथि करणी भएको बालिकाले आमालाई सुनाइन्,’ डिएसपी प्रकाश दाहालले भने, ‘त्यसपछि आमाले जाहेरी दिनुभयो, सोही आधारमा खनाललाई पक्राउ गरेका हौं ।’

खनालबिरुद्ध सोमबार जबरजस्ती करणी शीर्षकमा मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?