Comments Add Comment

त्रिविले समकक्षता प्रमाण पत्र नदिए अदालत जाने विद्यार्थीको चेतावनी

२७ साउन, काठमाडौं । भारतको इन्दिरा गान्धी राष्ट्रिय खुला विश्वविद्यालयबाट अध्ययन गरी फर्किएकालाई त्रिभुवन विश्वविद्यालयले समकक्षता प्रमाणपत्र नदिए अदालत जाने विद्यार्थीहरुले चेतावनी दिएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवलाई सम्बोधन गर्दै विद्यार्थीहरुले लेखेको पत्रमा आफूहरुलाई अन्याय भएकाले चाँडो भन्दा चाँडो समकक्षता निषेधको निर्णय फिर्ता गर्न माग गरेका छन् । ‘अन्यथा हामीसँग अदालतको मात्र विकल्प रहेको छ,’ पत्रमा लेखिएको छ ।

उक्त विश्वविद्यालयमा अध्ययन गरेका ८२ जना विद्यार्थीले हस्ताक्षर गरेको उक्त पत्रमा समकक्षता प्रमाणपत्र नपाउँदा उच्च शिक्षा अध्ययन गर्न नपाएको उल्लेख छ ।

स्नातक र सी.ए. दुबै पास भएका विद्यार्थीलाई स्नातकोत्तर (मास्टर/पोष्ट ग्राजुएट) र सी.ए. स्नातक सरह वा सो सरह मान्यता दिइाँदै आएकोमा त्रिविले अहिले सी.ए.लाई ‘प्रोफेसनल कोर्स’ भन्दै मान्यता दिन बन्द गरेको छ ।

उनीहरुले ‘त्रिविले कुनै समयावधि र मापदण्ड नतोकिदिँदा सन् २०१९ अघि समकक्षताको लागि निवेदन दिने र सँगै परीक्षा दिएर पास भएकाहरु, समकक्षता पाएर अहिले स्नातकोत्तर (पढ्दै/उत्तीर्ण) गरिसकेकाहरु र त्योभन्दा अघि निवेदन दिन नपाएका विद्यार्थीले अहिलेसम्म त्रिविको स्नातक वा सो सरहको समकक्षता नपाएको’ बताएका छन् ।

विश्वविद्यालयमा सिएसँगै  ब्याचलर इन कमर्स (एकाउन्ट एन्ड फाइनान्स), मास्टर्स इन कमर्स पनि पढ्ने गरेको र उनीहरुलाई पनि पाठ्यक्रम विकास केन्द्रले समकक्षताको प्रमाणपत्र नदिइएको बताएका छन् ।

नेपालमा पढेका विद्यार्थीले पनि मान्यता पाएका छैनन्

सी.ए. (चार्टर्ड एकाउन्ट) का सवालमा भने नेपालमा नै अध्ययन गरेकाले पनि त्रिविको शैक्षिक मान्यता पाउन नसकेको नेपाल चार्टर्ड एकाउन्टेन्ट् संस्थाले जनाएको छ । संस्थाका अध्यक्ष मदन शर्माले त्रिवि नेतृत्व तहमा भएका केही व्यक्तिहरुको आफ्नै व्याख्याका कारण समस्या भएको बताए । उनले भने, ‘नेतृत्वमा भएका केही व्यक्तिहरुको आफ्नै ब्याख्याका कारण समस्या भएको हो । छलफल भइरहेको छ । चाँडै समाधान होला भन्ने आशा छ ।’

स्नातक र सी.ए. दुबै पास भएका विद्यार्थीलाई स्नातकोत्तर (मास्टर/पोष्ट ग्राजुएट) र सी.ए. स्नातक सरह वा सो सरह मान्यता दिइाँदै आएकोमा त्रिविले अहिले सी.ए.लाई ‘प्रोफेसनल कोर्स’ भन्दै मान्यता दिन बन्द गरेको छ ।

भारतमा सी.ए. पास गरेर नेपालको सी.ए. पढाउने संस्था नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान) को दुई वटा विषय तथा एक वर्षे इन्टर्नसिप सकेपछि नेपालमा लेखा परीक्षक बन्न पाइन्छ । तर समकक्षता नहुँदा सी.ए. पढेका विद्यार्थीले यस्ता रोजगारबाट पनि विमुख हुन परेको बताएका छन् ।

त्यस्तै सी.ए. उत्तीर्ण गरिसकेपछि विभिन्न शैक्षिक संस्थाहरुले सी.ए.हरुलाई स्नातक तह र स्नात्तकोत्तर तहका सबै विभिन्न विषय पढाउन अनुमति दिने गरेका छन् । तर त्रिविले समकक्षता रोक्दा चार्टर्ड एकाउन्टेन्ट शैक्षिक रुपमा हेर्दा केवल प्लस टु पास मात्र भएको जस्तो समस्या भोगिरहेको विद्यार्थीहरुको भनाइ छ ।

त्रि.वि पाठ्यक्रम विकास केन्द्रका प्रमुख प्रा.डा.पारसनाथ यादवले भने सी.ए.को पाठ्यक्रमलाई व्यवसायीक डिग्री भएको र यसलाई समकक्षता प्रमाणित/थप अध्ययनको लागि मान्यता दिन भनेर त्रिविको रातो किताबमा उल्लेख नभएकाले समस्या भएको बताए । उनले भने, ‘यो व्यवसायीक शिक्षा हो । यो विषयलाई समकक्षता दिनु/मान्यता दिनु भनेर रातो किताबमा उल्लेख भएको हुनुपर्छ । त्यो नभएर समस्या भएको हो ।

अन्य विषयको अध्ययन प्रतिवेदन बन्यो, निर्णय भएको छैन : प्रमुख यादव

भारतको इन्दिरा गान्धी खुला विश्वविद्यायमा ब्याचलर इन कमर्स (एकाउन्ट एन्ड फाइनान्स), मास्टर्स इन कमर्स पढेर आएका विद्यार्थीले समेत समकक्षता प्रमाणपत्र नपाएको विद्यार्थीहरुले बताएका छन् ।

त्यस्ता विद्यार्थीहरुको हकमा भने उजुरी आएको कारण रोकिएको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । उजुरी आएपछि वास्तविकता बुझ्नको लागि सरकारले विश्वविद्यालय अनुदान आयोगका प्रमुख प्रा.डा.भिम प्रसाद सुवेदीको संयोजकत्वमा अध्ययन समिति बनाएको थियो । पाठ्यक्रम विकास केन्द्रका प्रमुख प्रा.डा. यादवले अध्ययन समितिले प्रतिवेदन समेत तयार गरिसकेको तर निर्णय हुन बाँकी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
नुनुता राई

ट्रेन्डिङ

Advertisment