Comments Add Comment

‘रोनाल्डो र मेस्सी नभए पनि ला लिगा अझै उत्कृष्ट’

२७ साउन, काठमाडौं । स्पेनिस ला लिगा धेरै स्टार खेलाडीका लागि घरसरह मानिन्थ्यो । तर, यही लिगका सबैभन्दा दुई उत्कृष्ट खेलाडी र सम्भवत सर्वकालीन उत्कृष्ट खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीले स्पेन छाडेका छन् ।

हालै मेम्सीले बार्सिलोना क्लब छाडेपछि ला लिगाको शीर्ष लिगको महत्व घटेको टिप्पणी हुन थालेको छ । तर यी दुई खेलाडीले छाड्दैमा ला लिगाको महत्व नघट्ने कतिपय विश्लेषकको भनाइ छ । ला लिगा अझै किन उत्कृष्ट छ, स्पेनिस सञ्चार माध्यम मार्काले पाँच कारण दिएको छ ।

१. समानता

क्रिष्टियानो रोनाल्डोले छाडेपछि रियल मड्रिडलाई र लियोनेल मेसीले छाडेपछि बार्सिलोनालाई घाटा लागेको छ, अब स्पेनमा लिग उपाधि होड खुल्ला बनेको छ । साविक विजेता एट्लेटिको मड्रिड उपाधि रक्षा गर्ने अभियानमा हुनेछ ।

क्लासिको क्लब र एट्लेटिकोसंगै सेभियालाई पनि आगामी सिजन उपाधि होडबाट बाहिर राख्न मिल्दैन । पछिल्लो सिजन पनि सेभियाले अन्त्यसम्म राम्रो खेलेको थियो । लिगमा समानता बढेको छ र प्रतिस्पर्धा पनि बढ्ने छ ।

२. युवा प्रतिभा

सर्जियो रामोस र लिओनल मेस्सीले ला लिगा छाडे तर हेर्नलायक नयाँ खेलाडी आइरहेका छन् । त्यसको राम्रो उदाहरण पेड्री हुन् । उनी शीर्ष तहमा आफ्नो दोस्रो सिजन सुरुवात गर्दैछन् । उनले पछिल्लो सिजन ७३ खेल खेले । यस पट पनि उनी ट्रेनिङमा आइसकेका छन् । यस पटक धेरै फुटबलप्रेमीको नजर पेड्रीमा हुनेछ ।

३. आफूलाई सिद्ध गर्ने चुनौती

ला लिगामा धेरै राम्रा खेलाडी पनि छन् । तर उनीहरुमाथि धेरै प्रश्नसमेत उठ्ने गरेको छ । एडेन हजार्ड र गारेथ बेलको राम्रा दिन उनीहरुभन्दा पछि छन् ।

यस्तै नयाँ खेलाडी सर्जियो अगुएरो, एरिक लामेला क्रमश: बार्सिलोना र सेभियामा अनुबन्ध भएका छन् ।

उनीहरुलाई आफ्नो उपयोगिता सिद्ध गर्ने चुनौती छ । तर उनीहरुले पछिल्ला सिजनमा उत्कृष्ट प्रदर्शन देखाउन सकेका छैनन् । यी खेलाडीहरुको सफलताले पनि लिगलाई रौमाञ्चकता दिनेछ ।

४. ऐतिहासिक क्लबको पुनरागमन

रायो भालेकानो, रियल मालोर्का र एस्पानयोल जस्ता ऐतिहासिक क्लब नयाँ सिजनका लागि शीर्ष डिभिजनका फर्केका छन् । उनीहरु रेलिगेसन टार्न यस पटक सक्दो प्रयासमा हुनेछन् । उनीहरूले अन्य पुराना क्लब गेटाफे, लेभान्टे, इल्चे र काडिजसँग शीर्ष लिगमै रहनका लागि संघर्ष गर्नेछन् ।

५. अझै केही हुन बाँकी छ

यस सिजनका लागि धेरै खेलाडी स्पेन आएका छन् । त्यसमा डेभिड अलावा, रोड्रिगो डे पउल, मेम्फिस डिपाए, एरिक गार्सिया आदि ठूला नाम हुन् । यसले पनि लिगमा केही नयाँ हुने अपेक्षा छ ।

ला लिगा क्लबहरुसँग पहिला भएको जस्तै पैसा छैन तर अझैपनि किलिएन एमबाप्पे र एर्लिन हालान्ड जस्ता युवा स्टारको नाम भविष्यमा स्पेनमा खेल्न सक्ने भनेर चर्चामा छ ।

मार्काको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment