+
+
Shares

रेलवे कम्पनीका महाप्रबन्धक भट्टराईले राजीनामा दिए

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २७ गते १४:५७

२७ साउन, काठमाडौं । नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले राजीनामा दिएका छन् ।

उनले आफूले रेल सञ्चालनका लागि पूर्वतयारीका काम गरिरहेका बेला सरकारले बर्खास्त गर्ने उद्देश्यले स्पष्टीकरण सोधेको भन्दै त्यसको जवाफ नदिई राजीनामा घोषणा गरेका हुन् ।

अहिलेको सरकारलाई विकास विरोधी र जनविरोधी भन्दै उनले यस्तो सरकार अन्तर्गत गरेर पदीय जिम्मेवारी निभाउन नसकिने भन्दै राजीनामा दिने घोषणा गरेका हुन् ।

भट्टराईलाई केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ जेठ २८ गते रेलवे कम्पनीको महाप्रबन्धकमा नियुक्त गरेको थियो । तर शेरबहादुर देउवा नेतृत्वमा सरकारले  उनलाई साउन २२ गते स्पष्टीकरण सोधेको थियो ।

भट्टराईले आफूले नियुक्ति लिएदेखि इमान्दारीपूर्वक काम गरेर जनकपुर जयनगर कुर्था खण्डमा रेल सञ्चालनको तयारी पूरा गरेको बताएका छन् ।

हेर्नुहोस् राजीनामा पत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?