Comments Add Comment

उपराष्ट्रपति कार्यालयको शाखा अधिकृत हुँ भन्‍दै ठगी गरेको आरोपमा युवक पक्राउ

२७ साउन, काठमाडौं । उपराष्ट्रपति कार्यालयको शाखा अधिकृत हुँ भन्‍दै ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले डोटी केआइ सिंह गाउँपालिका-६ घर भइ हाल कीर्तिपुर नगरपालिका-७ बस्‍दै आएका २६ वर्षीय किशोर भट्ट/कुशल भट्ट भनिने केशव भट्टलाई कलंकी स्युचाटारबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनको साथबाट प्रहरीले उनले प्रयोग गर्ने गरेको सिमकार्डसहितको आइफोन, प्रभू बैंकको एटीम, त्रि-चन्द्र कलेजको विद्यार्थी परिचयपत्र र किशोर भट्ट नामकै नेपाल प्रहरी अस्पतालको ब्लड ग्रुप कार्ड बरामद गरेको छ ।

उनले यसअघि २०७५ साल चैत २६ गते यस्तै प्रकृतिको साइबर क्राइम र ठगी मुद्दामा २० हजार जरिवाना र १ वर्ष कैद सजाय भोगिसकेको अपराध महाशाखाले जनाएको छ ।

यसका साथै उनले कतिपय व्‍यक्तिहरुलाई सामाजिक सञ्जालमार्पत चिनाजान गरी साथी बनाएर आफू परराष्ट्रमन्त्रालयको सह-सचिव समेत हुँ भन्दै ठगी गर्दै आएको प्रहरीको दाबी छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment