Comments Add Comment

चेल्सीले जित्याे युइएफए सुपर कपकाे उपाधि

२८ साउन, काठमाडौं । इंगलिस क्लब चेल्सीले युइएफए सुपर कपको उपाधि जितेको छ । बिहीबार बिहान सम्पन्न खेलमा स्पानिस क्लब भियारियललाई  पेनाल्टी सुटआउटमा ६-५ ले पराजित गर्दै लण्डन क्लब चेल्सी च्याम्पियन बनेकाे हो ।

विन्डाेरस पार्कमा भएकाे खेलकाे निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटकाे खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलकाे निर्णय पेनाल्टी सुटआउटबाट लिइएकाे थियो ।

२७ औं मिनेटमा हाकिम जियाचको गोलबाट चेल्सीले अग्रता लिएको थियो भने ७३ औं मिनेटमा जेरार्ड मोरेनाेले भियारियालका लागि बराबरी गाेल फर्काए ।

वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका केपा अरिजाबालागाले भियारियालका कप्तान राउल अल्बिओलको अन्तिम प्रहार राेक्दै चेल्सीलाई जित दिलाए ।  त्यसअघि उनले अईसा मान्डीकाे प्रहार राेकेका थिए ।

चेल्सीका काई हाभार्टकाे पहिलाे पेनाल्टी नै भियारियलका गाेलकिपर सर्जियाे असेन्जाेले बचाएका थिए । तर त्यसपछि चेल्सीका सबैले गाेल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment