+
+
Shares

रुसमा १६ जना यात्रु बोकेको हेलिकप्टर दुर्घटना

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २८ गते १२:२६

२८ साउन, काठमाडौं । रुसको सुदूर पूर्वको एक तालमा १६ जना मानिस बोकेको हेलिकप्टर दुर्घटना भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दिएको जानकारी अनुसार अहिलेसम्म ९ जनाको जीवितै उद्धार गरिएको छ । हेलिकप्टरमा १३ जना पर्यटक र तीनजना क्रु सदस्य थिए । उक्त हेलिकप्टर कामचट्का प्रान्तको कुरिल तालमा दुर्घटना भएको हो ।

एमआई-८ मोडलको उक्त हेलिकोप्टरले मस्को र सेन्ट पिटर्सवर्गका पर्यटकहरु बोकेको समाचारमा बताइएको छ । मस्कोबाट ६ हजार किलोमिटरभन्दा टाढा रहेको कामचट्का प्रान्त पर्यटकहरुको लागि निकै लोकप्रिय गन्तव्य हो ।

गत जुलाईमा सोही प्रान्तमा भएको विमान दुर्घटनामा २८ जनाको मृत्यु भएको थियो ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?