Comments Add Comment

चौधरी च्यारिटी अस्पताल वैशाखदेखि पुनः सञ्चालनमा आउने

२८ साउन, काठमाडौं । सुनसरीको दुहबीमा रहेको श्री लुनकरणदास–गंगादेवी चौधरी च्यारिटी अस्पताललाई स्तरोन्नति गरी पुनः सञ्चालनमा ल्याइने भएको छ ।

करिब साढे ३ वर्षदेखि बन्द प्रायः जस्तै अवास्थामा रहेको १५ शय्या क्षमताको अस्पताललाई ५० शय्या क्षमतामा विस्तार गरी वैशाख १ गतेदेखि पुनः सञ्चालन गर्न लागेको नर्भिक इन्टरनेशनल हस्पिटलका संरक्षक वसन्त चौधरीले जानकारी दिए ।

चौधरीका अनुसार नर्भिक इन्टरनेशनल हस्पिटल र वसन्त चौधरी फाउण्डेसनले संयुक्त रुपमा ५ करोड रुपैयाँ लगानी गरी अस्पतालको स्तरोन्नति गरिने छ ।

अस्पतालको सम्पूर्ण प्राविधिक पक्ष नर्भिकले हेर्नेछ भने आर्थिक सहयोग बसन्त चौधरी फाउण्डेसनले जुटाउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment