+
+

गेटा मेडिकल कलेजलाई सुदूरपश्चिम विश्वविद्यालय मातहत ल्याउन माग

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २८ गते १७:४२

२८ साउन, धनगढी । कैलालीको गेटामा निर्माणाधीन अवस्थामा रहेको गेटा मेडिकल कलेजलाई सुदूरपश्चिम विश्वविद्यालय मातहत ल्याउन माग गरिएको छ ।

बिहीबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै विभिन्न आठ विद्यार्थी संगठनले मेडिकल कलेजलाई सुदूरपश्चिम विश्वविद्यालय मातहत ल्याएर सञ्चालन गर्न माग गरेका हुन् ।

गेटालाई मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा सञ्चालन गर्ने भन्ने बहस चलिरहेका बेला विद्यार्थी संगठनहरुले भने मेडिकल कलेजलाई विश्वविद्यालय मातहत ल्याउन माग गरेका छन् । शिक्षाको क्षेत्र फराकिलो बनाउन नसकिने प्रतिष्ठान जस्तो पुरानो प्रणालीमा नलगेर मेडिकल कलेजकै रुपमा सञ्चालन गर्नुपर्ने उनीहरुको आग्रह छ ।

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनेमा नेकपा एमाले निकट अनेरास्ववियू, नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, नेकपा विप्लव निकट अनेरास्ववियू क्रान्तिकारी, राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौं, राप्रपा नेपाल निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन र वैज्ञानिक समाजवादी विद्यार्थी सगठन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?